Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी

बैशाख ३, २०७५ ३:०८ मा प्रकाशित
कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
Share on FacebookShare on Twitter

बागलुङ, ३ वैशाख / यहाँस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको चैत महिनामा रु २८ लाख ९० हजार भेटी संकलन भएको छ ।

नगद भेटी, बोका, राँगो, कुखुराको टाउको, चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी सो रकम उठेको हो । रु १५ लाख ६९ हजार नगद भेटी चढेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

दुई हजार १०० जोडी परेवा बिक्रीबाट रु आठ लाख ४५ हजार, बलि चढेका ३९५ बोकाको टाउको बिक्रीबाट रु तीन लाख ३१ हजार संकलन भएको हो । यस्तै, ९३ पाथी चामल बिक्रीबाट रु ५८ हजार, सिक्का सटहीबाट रु १५ हजार आम्दानी भएको छ । बलिको राँगो, कुखुराको टाउको, भक्तजनले चढाएको तेल, कपडा बिक्रीबाट आउने रकम पनि भेटीमा जम्मा हुने गरेको समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

सो अवधिमा रु दुई हजार ५५० नगद आर्थिक सहयोग प्राप्त भएको जनाइएको छ । बलि चढाएका बोकाका टाउको, परेवा, चामल, तेल, कपडा बिक्री, नगदलगायतबाट उठ्ने सबै रकम मन्दिरको मूल भेटीमा जम्मा हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा गएको चैतमा रु तीन लाख ६३ हजारभन्दा बढी भेटी उठेको समितिले जनाएको छ । “चैतेदशैँमा भक्तजनको घुइँचो लाग्ने हुँदा भेटी बढी उठेको हो”, अध्यक्ष खड्काले भन्नुभयो ।

सोही बेला हुने चैत्राष्टमी मेलाका कारण पनि मन्दिर दर्शन गर्ने भक्तजनको संख्या वर्षेनी बढ्दो छ । बडादशैँ र चैतेदशैँमा मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ । मन्दिरले वर्षमा रु एक करोडभन्दा बढी भेटीबाट आम्दानी गर्दै आएको छ ।

समितिले हरेक महिनाको आय व्यय विवरण सार्वजनिक गर्दै आएको छ । जसअनुसार गएको चैत महिनामा रु एक लाख ४४ हजार खर्च भएको जनाइएको छ । रासस

सम्बन्धित समाचार

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को  ठूलो कन्सर्ट हुँदै
Breaking News

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को ठूलो कन्सर्ट हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result