विज्ञप्ति
अहिले सामाजीक सन्जालमा म र म आवद्ध रहेको सॅस्था नेपाली जनसम्पर्क समिति अमेरिका सम्बन्धी केही अनलाइन मिडीया मार्फत मेरो चरित्र हत्या गर्ने र सिंगो संगठनलाई नै बदनाम गराउने मनसायले भ्रामक, कपोकल्पित गलत समाचार अतिरंजित ढंगले प्रचार प्रसार गर्ने दुष्प्रयास गरिएको प्रति मेरो घोर आपत्ति सहित गम्भीर ध्यान आकर्षण भएको छ । यो महाविपत्तिको वेलामा मानवीय संवेदनशिलताको ख्यालै नगरी समाजसेवाको यो पवित्र कार्यमा अवरोध सृजना गर्नेहरूप्रति दु:ख व्यक्त गर्दै, जनसम्पर्क समितिका सम्पुर्ण साथिहरू, सामाजिक अभियन्ताहरू र आम नागरिक समाजलाई यो गलत र अतिरंजित ढंगले प्रेसित समाचारको विश्वास नगर्न र संयम भएर भ्रममा नपरी आफ्नो सहयोगी भुमिकालाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन यसै विज्ञप्ति मार्फत सर्वप्रथम अनुरोध गर्दछु र सृजना गरिएका केही भ्रमहरूलाई प्रष्ट पार्न चाॅहन्छु ।
अहिले विश्व नै Covid-19को संक्रमणबाट स्तब्ध बनेको छ । विश्व मानवले नै अति कष्ट र संकट झेलिरहेको यो महामारीबाट अमेरिकाको जनजीवनलाई अझबडी अस्तव्यस्त बनाएको छ । यस संवेदनशील र महाविपत्तीको घडीमा अमेरिकामा वसोवास गर्ने आम नेपालीलाई यो संक्रमणबाट कसरी जोगाउन सकिन्छ भन्नेमा हामी सबै चिन्तित भएका छौ । यीनै कुरालाई ध्यानमा राखेर नेपाली जनसम्पर्क समिति अमेरिकाले गत मार्च २३ तारिख सोमवारको दिन बसेको केन्द्रीय समिति र सबै च्याप्टर सभापतिहरूको सम्युक्त कन्फरेन्स बैठकले विभिन्न परामर्श समितिहरू गठन गरी सरकारी सहयोग तथा श्रोत परिचालन समितिको संयोजकको जिम्मेवारी मलाई दिएको थियो । मैले जिम्मेवारी पाएपछि समितिलाई अझ प्रभावकारी ढंगले स्थानीय तहमा सकृय बनाउनका लागि सबै राज्यको स्थानीय च्याप्टरहरूमा जनसम्पर्कका साथिहरू, समाजिक अभियन्ता र बिज्ञहरू समेत सम्मेलित समिति गठन गरेको कुरा यहाॅहरूलाई अवगत नै छ ।त्यसै मध्येको एक न्यूयोर्कको समिति पनि हो । यस समितिले सरकारी सहयोग र श्रोत परिचालनको बारेमा राज्यको सम्बन्धित निकायसंग जानकारी लिने र प्राप्त जानकारी आम न्यूयोर्कवासीलाई गराउॅदै जाने मुख्य उदेश्य हो ।
न्यूयोर्कमा हाम्रो समुदायको बसोवास बाक्लो छ ।अहिले कोरोना महामारीको केन्द्र बिन्दु न्यूयोर्क शहर बनिरहेको वेलामा यो प्रलयले हामी सबैलाई अक्रान्त पारीरहेको छ। यसले कसैलाई चिन्दैन, महामारीको क्रुर चपेटामा हामी सबै परिरहेका छौ । आज कसैलाई विपत परेको छ, भोली मलाई नहोला भन्ने अवस्था छैन। समुदायमा संक्रमित र मृत्यूबरण गर्ने सदस्यहरूको संख्या दिनदिनै बढिरहेको छ । यसको प्रत्यक्ष पीडा हामीले भोगिसकेका छौ। संक्रमितलाई कति धेरै पीडा हुन्छ भन्ने बुझेका छौ । यो महाविपत्तिको वेलामा कसरी हुन्छ समुदायका पीडित सदस्यहरूलाई जतिसक्दो चाॅडो सहयोग गर्ने यस समितिको कर्तव्य हो । त्यसैले न्यूयोर्कका समितिले सरकारी श्रोत परिचालनको लागि यहाॅको सरकारी निकायका व्यक्तिहरूसंग जतिसक्दो चाॅडो कन्फरेन्स बैठक बोलाउनु पर्ने र बोलाउॅदा संस्थाको लेटरहेड मार्फत अनिवार्य पत्र लेख्नु पर्ने वाध्यात्मक र हतारको अवस्थामा टाक्स फोर्सले पत्रचारका निमित्त मात्र संस्थाको लेटर हेड प्रयोग गरेको हो । सो वाहेक उक्त लेटरहेड प्रयोग गरेर कुनै पनि किसिमको आर्थिक कारोबारको लागि पत्रचार नगरेको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराउदछु । साथै समितिको केन्दीय सभापति आनन्द बिष्टसंगको परामर्श पछि भने कुनै पनि प्रयोजनका लागि लेटरहेड मार्फत पत्रचार नगरिएको व्यहोरा स्पष्ट पार्न चाॅहन्छु ।
यो विपत्तिको वेलामा जसरी पनि समुदायको संक्रमित सदस्यहरूलाई, मृत्यू भएकाका परिवारलाई र आमसमुदायलाई नै जति सक्दो चाॅडो सहयोग गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो । समितिमा को रहे रहेन भन्ने कुरा गौण हुन मुख्य कुरा लक्षित पीडितलाई सहयोग पुग्यो, पुगेन त्यो ठुलो कुरा हो यो संवेदनशील घडीमा । केही ढिलाई भएर हाम्रै साथिको ज्यान गएको छ यो रोगबाट हामी पछुताएका छौ।ज्यान गुमाएकाहरूको लागि दाहसस्कार गर्दा गाह्रो परेको पीडा म संग ताजै छ । त्यसैले आम हाम्रो समुदायलाई छिटो महामारीबाट बचाउनका निमित्त हामीले जाति, पार्टी, धर्म, धनी, गरिब, गोरो कालो केही नहेरी मानवताको नाताले सहयोग गरेका छौ र गरिरहन्छौ । यहाॅहरूलाई पनि सोही गर्न आग्र समेत गर्दछौ ।
अन्त्यमा ज्यानको बाजी लगाएर खटिरहनु भएका सबै, सबैलाई सम्मान प्रकट गर्दछु र आम नागकिक समाज, सामाजिक अभियन्ता, नेजसअका सबै साथिहरूका साथै यस समितिमा रहेर सकृय भुमिका निर्वाह गर्नुहुने सम्पूर्ण साथिहरूलाई उच्चमनोबलका साथ कोरोनाबाट पीडित भएकाहरूको सेवाको लागि कृयाशिल रहन आग्रह गर्दछु । यो विषम परिस्थितिमा हामीलाई सहयोग सदभाव प्रकट गर्ने सबै प्रति यसै बिज्ञप्ति मार्फत आभार व्यक्त गर्दै, आगामी दिनमा पनि यहाॅहरूको पूर्ण साथ सहयोग र समर्थनको अपेक्षा गर्दछौ ।
धन्यबाद जयनेपाल!
“कोरोना विरुद्धको संघर्षमा हामी सबै एक छौं। बाॅचौं र बचाऔं ।”
मुनिन्द्र नेम्बाङ
महासचिव तथा, संयोजक
कोरोना संक्रमित समुदायका लागि
सरकारी सहयोग तथा श्रोत परिचालन समिति
नेपाली जनसम्पर्क समिति अमेरिका ।







प्रतिक्रिया लेख्नुहोस्:-