अमेरिका । यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमलाई प्रदान गरिएको छ । वसुन्धरा मान प्रतिष्ठानका कुलपति डा. दुवसु क्षेत्रीको अध्यक्षतामा शनिवार वसेको वैठकले आधुनिक कथा, उपन्यास र नाटक सिर्जना गरी नेपाली साहित्यको उन्नयनमा विशिष्ठ योगदान पुर्याउनुहुने डा. गौतमलाई सो पुरस्कार प्रदान गर्ने निर्णय निर्णय गरेको हो । सम्मान पत्र सहित पुरस्कारको राशी ७५ हजार रपिँया छ ।
प्रतिष्ठानको सोही वैठकले कविता, मुक्तक, गीत नाटक र उपन्यासको सिर्जनावाट नेपाली साहित्यको क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका साहित्यकार सरुभक्तलाई मानश्री पुरस्कार प्रदान गरर्ने निर्णय गरेको छ । पुरस्कारको राशी सम्मानपत्र सहित ५० हजार रुपिँया छ ।
वि.सं. २००१ पुस २ गते वीरगञ्जमा जन्मन’भएका साहित्यकार डा. गौतमका अन्त्यपछि, बालुवामाथि, डापी, कट्टेलसरको चोटपटक, अलिखित, निमित्त नायक, एक शहरमा एक कोठा, स्व. हीरादेवीको खोज, दुबिधा, अग्निदत्त+ अग्निदत्त, फूलको आतङ्क, तथाकथित,बाढी, उपसंहार अर्थात् चौंथो अन्त्य, मौन, भीमसेन ४ को खोजी र घुर्मी उपन्यास, आकाश विभाजित छ, देहमुक्त, अवतार विघटन र ज्यागा (संयुक्त उपन्यास), अँध्यारो द्वीपमा, संरक्षक, कथादृष्टि, गौतमका एकाउन्न कथा, गौतमका प्रतिनिधि कथा, जेलिएको र साठी वर्षमा हृदयाघात (कथासंग्रह) र त्यो एउटा कुरा, भष्मासुरको नलिहाड र श्री कृष्णलीला (नाटक) कृतिहरु प्रकाशित भएका छन् ।
वि.सं. २०१२ मंसिर १२ गते पोखरामा जन्मनु भएका साहित्यकार सरुभक्तका बन्द खामभित्र र हजार बुद्धहरु मुक्तकसंग्रह, बोक्सीको आह्वान र घोषणापत्र, कवि, प्रेमी र पागल,प्रयोगशालाभित्र र इथर समय कवितासंग्रह, मनभरि माटोभरि गीतसंग्रह, ज्यानमारा, कापुरुष, कुरुप मसिहा र झुमा खण्डकाव्, एक अभिनवको आत्मकथा, छोरी ब्रह्मण्ड, र यामागल (कथासंग्रह), युद्ध उही ग्यासच्याम्वरभित्र, इतिहासभित्रको इतिहास, शिशिरका अन्तिम दिनहरु, ईथर, एसोधम्मो सनन्तनो, गाउँघरका नाटकहरु,गाउँको कथा यस्तै हुन्छ है,बालबालिकाहरुको नाटक, निमावीय, असमय अमौसम, जस्तो दन्त्यकथा, सिरुमा रानी नाटकसंग्रह र पागल बस्ती, समयत्राशदी, तरुनी खेती, चुली, अँध्यारो कोठा र प्रतिगन्ध उपन्यास प्रकाशित भएका छन् ।
यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर माधवप्रसाद घिमिरे(वि.सं.२०५७), वरिष्ठ उपन्यासकार दौलतविक्रम विष्ट(वि.सं. २०५८), वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ (वि.सं. २०५९) वरिष्ठ समालोचक श्री यदुनाथ खनाल(वि.सं. २०६०), वरिष्ठ आख्यानकार मदनमणि दीक्षित(वि.सं. २०६१), वरिष्ठ उपन्यासकार डायमनशमशेर राणा(वि.सं. २०६२),वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई (वि.सं. २०६३), वरिष्ठ कवि मोहन कोइराला(वि.सं. २०६४), वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी(वि.सं. २०६५), वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान(वि.सं.२०६६), वरिष्ठ कवि वैरागी काइँला(वि.सं. २०६७), वरिष्ठ कवि धर्मराज थापा(वि.सं. २०६८), वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठी(वि.सं. २०६९), वरिष्ठ चित्रकार शशी शाह(वि.सं. २०७०), वरिष्ठ कलाकार हरिप्रसाद रिमाल (वि.सं. २०७१), वरिष्ठ संगीतकार अम्वर गुरुङ्ग(वि.सं. २०७२), वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्री (वि.सं. २०७३), वरिष्ठ समालोचक प्रा. डा. तारानाथ शर्मा (वि.सं. २०७४) वरिष्ठ गायक प्रेमध्वज प्रधान (वि.सं. २०७५)र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ(२०७६)लाई प्रदान गरेको छ ।
त्यसैगरी प्रज्ञाप्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार दिनेश अधिकारी(वि.सं. २०५७), साहित्यकार विनय रावल(वि.सं २०५८), नाटककार अशेष मल्ल(वि.सं २०५९), गजलकार ज्ञानुवाकर पौडेल(वि.सं. २०६०), साहित्यकार मञ्जुल(वि.सं. २०६१), कथाकार मधुवन पौडेल(वि.सं. २०६२), कवि विष्णुविभु घिमिरे (वि.सं. २०६३), कवि कृष्णभूषण बल(वि.सं. २०६४), कथाकार भुवन ढुंगाना(वि.सं. २०६५), कथाकार सनत रेग्मी(वि.सं. २०६६), कवि विजय बजिमय (वि.सं. २०६७), समालोचक डा.रामदयाल राकेश(वि.सं. २०६८), कथाकार डा. वेञ्जु शर्मा (वि.सं. २०६९), चित्रकार किरण मानन्धर (वि.सं. २०७०), कलाकार नीर शाह(वि.सं. २०७१), गायक दीप श्रेष्ठ(वि.सं. २०७२), साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ (वि.सं. २०७३), साहित्यकार तथा सञ्चारकर्मी खगेन्द्र नेपाली (वि.सं. २०७४) गायक भक्तराज आचार्य (वि.सं. २०७५) र कलाकार हरिवंश अचार्य (२०७६)लाई प्रदान गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-