काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभरको मौसम बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदली हुने सम्भावना छ भने पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा भने मौसम सामान्यतया मौसम सफा रहनेछ।
आज प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ। बिहीबार पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। अपराह्न पछाडि देशभर आंशिकदेखि सामान्य बदली रहने छ।






प्रतिक्रिया लेख्नुहोस्:-