Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

टेम्पो चलाएर मासिक ५० हजार कमाइ

बैशाख १०, २०७५ १०:३५ मा प्रकाशित
Share on FacebookShare on Twitter

सुरुङ्गा,(झापा),९ वैशाख /वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झण्डै आठ वर्ष र कतारमा नौ वर्ष बसेर स्वदेश फर्कनुभएका अर्जुनधारा नगरपालिका–७ का अम्बिकाप्रसाद घिमिरेको जीवनमा ठूलै उतारचढाब आएको छ । विदेशमा रहँँदा अर्काको मजदूरी गरेर जवानी बिताउनुभएका उहाँ अब स्वदेशमै रहेर सफल व्यवसायी बन्नु भएको छ ।

बीस महिनाअघि स्वदेश फर्कनुभएका उहाँ अहिले टेम्पो चलाउन व्यस्त हुनुहुन्छ । झापाका ग्रामीण क्षेत्रदेखि सहरका गल्ली गल्लीमा उहाँ टेम्पो गुडाउनुहुन्छ । टेम्पो चलाएरै उहाँले विदेशको भन्दा राम्रो कमाइ गरिरहनुभएको छ । पहिले नै यो काम थाल्नु भएको भए त्यतिका वर्ष विदेशमा पसिना बगाउनु पर्ने थिएन कि भन्ने पछुतो पनि उहाँलाई लाग्ने गर्दछ ।

पुनः विदेश फर्किने सोचका साथ छुट्टीमा घर आउनुभएका घिमिरेले एकाएक गाउँघरमै बसेर कुनै व्यवसाय गर्ने उत्साह बढेर गयो । पहिले त के व्यवसाय गर्ने भन्ने निर्णय गर्न गाह्रो भयो तर पछि टेम्पो किनेर चलाउने निधो गर्नुभयो । सुरुमा एउटा टेम्पो किन्नुभयो । बजाज कम्पनीको टेम्पो किनेर चलाउन सुरु गर्नुुभएका उहाँले सोही टेम्पोको कमाइले चार महिनाअघि पुनः अर्काे टेम्पो किन्न सफल हुनुभयो । दैनिक दुई हजार माथि कमाई हुन थालेपछि उहाँको विदेशप्रतिको मोह टरेर गयो ।

घरमै बसिबसी मासिक रु ५० हजार माथि कमाई गर्न थालेपछि १७ वर्ष विदेशमा श्रम र पसिना बगाएका नेपाल नेपाल फर्कनुभएका उहाँलाई अहिले नेपाल स्वर्ग झैँ लाग्न थालेको छ । बिहान आठ नबज्दै टेम्पो लिएर निस्किनुभएका उहाँ बेलुका घर फर्कदा कम्तीमा पनि दुई हजार रुपैयाँ कमाई गरेर मात्रै फर्कनु हुन्छ । खर्च कटाएर मासिक रु ५० हजारमाथि कमाई गर्न थालेपछि घिमिरे यतिबेला दङ्ग मात्र हुनुहुन्न, भविष्यमा यसलाई अझ बढाउँदै लैजाने योजना बुन्न थाल्नुभएको छ ।

घिमिरेकी श्रीमती रञ्जनाका दुवै मृगौला खराब छन् । १५ महिनादेखि उहाँकी श्रीमती बिरामी परेपछि श्रीमतीको औषधि उपचारका लागि उहाँले १० लाख रुपैयाँ खर्च गरिसक्नुभएको छ । त्यति ठूलो खर्च गर्नसक्ने औकात उहाँलाई टेम्पोकै कमाइबाट सम्भव भएको हो । ‘‘यति व्यवसाय नगरेको भए त आज साहूसँग चर्को ब्याजमा ऋण लिनुपर्ने वाध्यता हुने थियो’’ उहाँ भन्नुहुन्छ ।

घिमिरेले श्रीमतीको उपचार अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिरहनुभएको छ । उहाँले १० वर्षीया छोरीलाई निजी विद्यालयमा भर्ना गराउनुभएको छ । छोरीको अध्ययनका लागि आवश्यक पर्ने खर्च समेत टेम्पोबाटै जुटाउनुभएको छ । मृगौला खराबीका कारण विरामी श्रीमतीको रेखदेसँगै घरमै बसेर टेम्पो चलाएको भरमा मनग्य आम्दानी गर्न थालेपछि उहाँलाई घर खर्च टार्न कुनै समस्या छैन ।

स्वदेशमा रोजगारी पाइएन भनेर विदेसिने युवाको संख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा अर्जुनधाराका पौडेल प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँजस्ता धेरैले अहिले यही टेम्पो कुदाएरै जीवन निर्वाह गरिरहेका छन् भने भाडामा टेम्पो चलाउँदै आएका कतिपयले आफैँ टेम्पो किनेर मनग्य आम्दानी गरिरहेका छन् ।

झापाका सडकमा अहिले झण्डै तीन हजारभन्दा बढी टेम्पो गुड्ने गरेका छन् । पछिल्लो समय हलुका सवारीका रुपमा लोकप्रिय बनेको तीन पाङ्ग्रे टेम्पो धेरैको यातायातको साधन बनेको छ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

न्यूयोर्कमा ‘एनवाईसीनेपाल न्युजडटकम’ शुरु
अमेरिका समाचार

न्यूयोर्कमा ‘एनवाईसीनेपाल न्युजडटकम’ शुरु

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को  ठूलो कन्सर्ट हुँदै
Breaking News

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को ठूलो कन्सर्ट हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result