काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालले चाँडै नै समाजवादी मोर्चा बनाएर जाने बताएका छन्।
उनले आइतबार कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा विचार र कार्यशैली मिल्नेसँग मिलेर अघि बढ्ने बताएका हुन्।
उनले भने, ‘हाम्रो पार्टीले वाम(समाजवादी मोर्चाको नीति अघि सारेको छ। समाजवादी मोर्चा निर्माण गर्ने सोच र योजना अघि सारेको छ। प्रधानमन्त्रीज्यूलाई धन्यवाद। उहाँले पनि समाजवादी मोर्चाको काम गरौं भनेर ताकेता गरिरहनुभएको छ। छिटै समाजवादी मोर्चा घोषणा गर्दैछौं। अरुसँग पनि कुरा गर्दैछौं।’
प्रतिक्रिया लेख्नुहोस्:-