दुरबिन नेपाल, न्युयोर्क
अप्रिल २५, २०२० मा न्यूयोर्क राज्यका गभर्नर ए.एम.कुमोले आफ्नो पछिल्लो प्रेस मिटमा दिएको जानकारी एवम् तथ्याङ्कहरुलाई आधार मान्ने हो भने न्यूयोर्कमा कोरोना भाइसको संक्रमणको उच्च विन्दु पार गरेको मान्न सकिन्छ । पछिल्लो एक साता देखि कोरोना संक्रमणको नयाँ केस, हस्पिटलाइजेसन संख्या, इन्टुवेशन (भेण्टिलेटर) संख्या, तथा मृत्यु संख्या सबैमा क्रमिक कमी आएको छ । कोरोना संक्रमणको आज ५६ औं दिनसम्म आइपुग्दा, विश्वमा नै सबैभन्दा वढी संख्यामा कोरोनाको परिक्षण गर्ने न्यूयोर्क राज्य भएको दावी कुमो को छ । “अमेरीकाको अन्य राज्य मात्रै होइन पुरै विश्वमा नै सबै भन्दा बढी परिक्षण न्यूयोर्क राज्यले गरेको छ ।” जन हप्किन्स हस्पिटल र मेडिसिनको पछिल्लो आँकडा अनुसार न्यूयोर्क राज्यमा मात्रै ७ लाख ३१ हजार जनामा तथा अमेरीका भरिबाट ४९ लाख ४० हजार भन्दा बढिमा संक्रमणको परिक्षण भइसकेको छ ।
कस्तो छ त न्यूयोर्कको पछिल्लो आँकडा ?
पछिल्लो तथ्याङ्क अनुसार न्यूयोर्कको कुल जनसंख्या १ करोड ९० लाख मध्ये करिव २ लाख ७८ हजार जनामा कोरोनोको संक्रमण पोजेटिभ छ भने कोरोनाकै कारण करिव करिव २२ हजारले ज्यान गुमाइ सकेका छन् । यो कुल आँकडा हेर्दा न्यूयोर्कको अवस्था निकै भयावह देखिन्छ तर पछिल्लो एक हप्ताको अवस्थाको विश्लेषण गर्ने हो भने अवस्था अव सामान्य बन्दै गएको आँकलन गर्न सकिन्छ ।
कुमोको पछिल्लो प्रेस मिटमा दिइएको तथ्याङ्क अनुसार अप्रिल २४ गते हस्पिटल भर्नाको नयाँ केस एक हजार एक सय ८४ मात्र छ । जुन मार्च २४ (९ सय २३ जना भर्ना) पछि कै न्यून हस्पिटलाइजेशन संख्या हो । त्यसो त हस्पिटलमा उपचारर्थ कोभिड विरामीको कुल संख्यामा पनि क्रमिक गिरावट आएको छ । अहिले कुल १३ हजार ५ सय २४ जना हस्पिटलाइज्ड छन् । जुन संख्या अप्रिल एक पछिकै न्यून हो । प्रायसः, दैनिक २० हजारको हारहारीमा कोभिड विरामीहरु हस्पिटलमा उपचाररत रहंदै आएका थिए । हस्पिटलाइजेशनको औषत दर अप्रिल २४ मा आइ पुग्दा दैनिक ७ सय ४३ ले घटेको छ । त्यसो त अप्रिल ११ देखी नै हस्पिटलाइजेशन दरमा गिरावट आउन थालेको तथ्याङ्कले देखाउदछ । इन्टुवेशन अर्थात भेण्टिलेटरमा राखेर उपचार गराउनु पर्ने बिरामीको संख्यामा पनि निकै कमी आएको छ । कुमोका अनुसार इन्टुवेशनमा गएका विरामी मध्ये मुस्किलले २० प्रतिशतमात्र स्वास्थ्य लाभ गर्ने सम्भावना रहन्छ । अप्रिल १२ देखि इन्टुवेशनको संख्यामा निकै कमि आएको छ । अप्रिल २४ मा इन्टुवेशन संख्या ऋणत्मक १ सय ८ रहेको छ । मृत्यु संख्यामा पनि पछिल्लो केही दिनमा कमि हुदै गएको छ । अप्रिल २४ दिन मात्र ४ सय ३७ न्यूयोर्कर्सले कोभिडका कारण ज्यान गुमाएका थिए ।
यसरी हेर्दा मार्च १६ देखि तिव्र उकालो चढेको न्यू योर्कको कोभिड संक्रमणको ग्राफ पछिल्लो १०—१२ दिन देखि मन्द गतिमा ओरालो झरेको छ । ग्रापको प्रकृति प्लेट्यु (Plateau) किसिमको भएता पनि अव त्यो उच्च विन्दमा पुगेर क्रमिक रुपमा ह्रास हुदै गएको कम्तिमा अहिलेलाई मान्न सकिन्छ ।
स्थानीय औषधी पसलमा कोरोना टेष्टिङ्ग सेवा विस्तार गरिने
गर्भनर कुमोले कोरोना परिक्षणको क्षमता बढाउनका लागि स्वतन्त्र एवं स्थानीय औषधी पसल मार्फत कोरोना परिक्षण अनुमति दिन आजै कार्यकारी आदेश जारी गर्ने बताएका छन् । यस स्थानीय औषधी पसलले कलेक्सन सेण्टरको रुपमा कार्य गर्ने छन् भने संकलन गरिएको परिक्षण सामग्री ल्याब मार्फत टेष्ट गरिने छन् । यसमा पहिलो प्राथामिकता फ्रस्ट रिसपाण्डर्स (प्रहरी, फायर फाइटर, ड्रइभर…), हेल्थ केयर वर्कस र इसेनसियल र्वकर्स लाई दिइने छ । न्यू योर्कमा ५ हजार भन्दा बढी औषधी पसलहरु रहेका छन् । यी मार्फत परिक्षण अगाडि बढाइदा परिक्षण क्षमता बढ्ने छ ।
एण्टिबडी टेष्टिङ्गलाई पनि तिव्रता दिइने छ । जसमा अग्र पंत्तीका स्वास्थ्यकर्मीहरुलाई प्राथमिकता दिइने छ भने ब्यापक परिक्षण मार्फत एमटिए, यतायातकर्मी, राज्य प्रहरी तथा सीटि प्रहरीहरुको परिक्षणलाई तिव्रता पार्ने पनि गर्भनर कुमोले बताए ।
विज्ञहरुको अनुमान भन्दा कम क्षति भएको कुमोको दावी
कुमो ले यो ५६ दिनमा के गर्यो गर्भनरले भन्ने प्रश्नलाइ पनि आफ्नो प्रेस मिटमा सम्वोधन गर्ने प्रयास गरेका छन् । उनले भने सिडीसी, व्हाइट हाउस टास्क फोर्स, कोर्नेल युनिभिसिटी, कोलम्विया युनिर्भसीटि लगायतका सवै विज्ञ तथा संस्थाहरुले न्यूयोर्कका १ लाख भन्दा बढी सिरियस केश हुने आँकलन गरेका मा हामीले त्यो हुन दिएनौं
न्यू योर्क बन्द नभएको जिकिर
कुमो ले पछिल्लो ५६ दिनलाई न्यू योर्कको आधुनिक न्यू योर्कको सवै भन्दा खराव दिनको रुपमा इगित गर्दै व्यक्तिगत तथा संस्थागत रुपमा यस्ता असाधारण अवस्थाहरु आइ पर्दछन तर हामी यसलाई व्यावस्थापन गर्ने छौं । न्यूयोर्क बन्द भएको हैन तुलनात्मक रुपमा बन्द भएको हो । न्यूयोर्कको अर्थतन्त्र पूर्ण रुपमा बन्द भएको छैन । अत्यावश्यक क्षेत्रहरुले आफ्नो सेवा दिइरहेका छन् ।
ए.जे. पार्किसनको भनाइ “लाइफ इज बेटर द्यान डेथ….इन होएन इट इज नट र्यो ओन” उद्दरत गर्दै कुमोले ५६ दिनको बन्दले हामीले आफ्नो भन्दा पनि दिर्धरोगका संक्रमण भएका एवम् सिनियर सिटजनको जिवन बचाउन सहयोग गरेको कुरा बताए । “वास्तवमा हामिले जिवन बचाइ रहेका र्छौ ।” तसर्थ यी दिनहरु निश्चय नै खराव रहे तर निकै खराव भने पक्कै भएका छैनन् ।
:न्यू योर्क राज्यका गर्भनर कुमो ले गरेको पछिल्लो प्रेस मिटको आधारमा अविन ओझाले तयार पारेको सामग्री:
यो सामाग्री सामान्य जानकारीको लागी मात्र हो
प्रतिक्रिया लेख्नुहोस्:-