काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक झापामा बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बैठक वैशाख २८ देखि ३० सम्म झापामा बस्ने बताए ।
गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन । यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो । यो अभियान १० वैशाखमा सकिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-