काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले संघ र प्रदेश सरकारको नेतृत्व सबैले आलोपालो गर्नुपर्ने बताएका छन् । उनले शुक्रबार समाजवादी प्रेस सङ्गठन, धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले प्रदेश सरकारहरूको नेतृत्वमा दलहरूबीच आलोपालो हुने बताएका हुन् । “प्रदेश सरकारहरू धमाधम परिवर्तन हुन थालेका छन् । त्यसमा एकीकृत समाजवादी पनि सहभागी हुन्छ,” उनले भनेका छन् ।
नेपालले जनताले दिएको जनमत नै मिलेर सरकार चलाउने बताए । पार्टीको संख्यात्मक कुरालाई ध्यानमा राखी गठबन्धन दलहहरूबीचमा बाँडफाँट हुने उल्लेख गर्दै उनले भनेका छन्, “कसै कसैले के भन्छन् भने आलोपालो गर्नु हुँदैन । यो संसारमा कहीँ पनि छैन । यो कुरा उठाउने मान्छेले पनि मौका पाएको भए छोड्थ्यो रु अरुलाई बडो उपदेश दिने मान्छेहरू ।”
प्रतिक्रिया लेख्नुहोस्:-