काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र चुनावी तालमेलका विषयमा सबैको एकमत नभएपनि पार्टीले गरेको निर्णयलाई सबैले मान्नैपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टीभित्र बहस, मतभेद हुनु स्वभाविक भएको भन्दै पार्टीको आधिकारिक निर्णयअनुसार सबै अघि बढ्नुपर्ने बताएका हुन् ।
तालमेलका विषयमा आफूले उठाएको बहस सैद्धान्तिक विषय भएकाले यसलाई पछि छलफल गर्न सकिने उनको भनाइ छ । उनले निर्वाचनमा एकढिक्का भएर पार्टीलाई विजयी गराउनुपर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-