काठमाडौं । सरकारले आफूभन्दा जुनियरलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्
उनले अदालतमा पेश गरेको रिटमा बढुवाको निर्णय यथास्थितिमा राख्न र अदालतबाट न्याय निरुपण नभएसम्म आफूलाई कायममुकायम महानिरीक्षकका रुपमा काम गर्न दिनुपर्ने मागदाबी गरेका छन् । एआईजीपी पोखरेलका तर्फबाट रिट लिएर सर्वोच्च पुगेकी अधिवक्ता सुनिता राउतले रिटको पेशी बुधबारका लागि तोकिएको बताइन् ।
रिटमा पोखरेलले जेष्ठता, कार्यसम्पादन मूल्यांकन, शैक्षिक योग्यता, तालिम, पुरस्कार, कमाण्डलगायत सबै आधारमा आफू अगाडि रहेको भन्दै सिंहलाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गरेका छन् ।
पोखरेलले प्रहरी नियमावली २०७१ को नियम ४१ र ३० अनुसार आफूलाई महानिरीक्षकमा बढुवा गर्नुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-