काठमाडौं । आज भएको एसीसी प्रिमियर लिगको फाइनलमा नेपालले यूएईलाई पराजित गर्दै एसिया कपमा छनोट भएको छ।
आज त्रिवि मैदानमा भएको फाइनल खेलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको हो। यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०।३ ओभरमा पुरा गरेको थियो। नेपालका लागि गुल्शन झा र भिम सार्कीले उत्कृष्ट साझेदारी गरे।
२२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरूले नेपाललाई जितसम्म पुर्याएका हुन्। गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धसतक बनाएका छन्। यसअघि आयान खानको बलमा आसिफ शेख आठ रन बनाएर आउट भएका थिए। ओपनर कुशल भुर्तेल एक रनमा आउट भएका थिए।
ः
प्रतिक्रिया लेख्नुहोस्:-