मे २,अमेरिका ।
एआरएनए आइसीसीले एनआरएनए अमेरिका र निर्वाचन आयोगलाई ओभर सी गर्न दुई सदस्य प्रतिनिधि खटाएको छ । एनआरएनए उत्तर अमेरिका संयोजक (आरसी) गौरी जोशीले दूरबिन नेपालसँग कुरा गर्दै भने “वेद बस्नेत र वन्दना कोइराला दुई जना हुनुहुन्छ । सदस्यहरूको भेरिफाइड डाटा निर्वाचन गर्ने भेण्डरसम्म पुगुन्जेलसम्म डाटाको ओभर सी गर्ने, निर्वाचन प्रक्रियालाई ओभरसाईट गर्ने , त्यहाँ नीति नियमको फलो गरिएको छ की छैन भनेर हेर्ने काम गर्नु हुन्छ ।”
एनआरएनए अमेरिकाको निर्वाचनको विषयमा केही उम्मेदवारहरूले प्रश्न उठाए पछि जोशीले प्रतिनिधि खटाएका हुन् । जोशीले भने “यसले हिजोको दिन भन्दा ट्रस्परेन्ट र विवादरहित बनाउँछ भन्ने मलाई लाग्छ ।” प्रतिनिधि द्वय बस्नेत र कोइरालाले मुद्दा विषयलाई पनि मिलाउन वातावरण बनाउन सक्ने जोशीको विश्वास छ ।
प्रतिक्रिया लेख्नुहोस्:-