मे ३ , अमेरिका
अमेरिकालाई पछाडि पार्दै सदस्य सङ्ख्याका हिसाबले विश्वको सबैभन्दा ठुलो नेशनल कोर्डिनेशन काउन्सिल (एनसीसी) अष्टेलिया भएको छ । सन् २०१९–२१ का लागि नयाँ नेतृत्व चयनमा सहभागी हुन चाहने सदस्यहरूको दर्ता समय अवधि दुई दिन अधि सकिदा सदस्य सङ्ख्या ११ हजार ८ सय पुगेको छ ।
अस्ट्रेलियाबाट प्रकाशित नेपाली अनलाइन पत्रिकाहरूले अस्ट्रेलिया विश्वको सबै भन्दा ठुलो एनसीसी बन्न पुगेको दाबी गरेका छन् । अमेरिकामा यस पटक ९ हजार २ सय सदस्य रहेका छन् । यस अघिको सबै भन्दा ठुलो एनसीसी अमेरिका भन्दा १६ सय बढी सदस्य बनाएर अस्ट्रेलिया पहिलो नम्बरमा उक्लिएको हो ।
यही सदस्य सङ्ख्या कायम रहेमा अस्ट्रेलियाबाट आइसीसीको निर्वाचनमा १ सय ७८ प्रतिनिधि सहभागी हुने छन् । दोस्रो ठुलो एनसीसी अमेरिकाबाट यस पटक १ सय ६४ प्रतिनिधि सहभागी हुने छन् । आइसीसीको अधिवेशनमा आफ्नो पक्षमा बढी प्रतिनिधि लान एनआरएनए अमेरिका र आइसीसीको नेतृत्वमा खिचातानी बढिरहेको छ । एनआरएनए अमेरिकाको निर्वाचनको दौडानमा देखिएको गुटगत लडाइ र विवाद यसैको परिणाम हो ।
तस्बिर: गुगल
प्रतिक्रिया लेख्नुहोस्:-