काठमाडौं । बुद्ध एयरले आगामी मे २३ बाट बनारस उडान पुनः सुचारु गर्ने भएको छ। बुद्धले हप्तामा दुईदिन उडान भर्ने भएको हो। बुद्ध एयरका अनुसार सोमबार र शुक्रबार उडान हुने भएको छ।
हाल एकतर्फी भाडा ८ हजार ५११ रूपैयाँ तोकिएको छ। उडान समय ५० मिनेटको हुने छ।
काठमाडौं–वनारस बिहान ७ः१५ र वनारस–काठमाडौं भारतीय समय ८ः३०मा उड्ने कम्पनीले जानकारी दिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-