काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने बताएका छन् । उनले बिहीबार पदभार ग्रहण गर्दै यस्तो बताएका हुन् ।
त्यसैगरी आफ्नो जिम्मेवारीलाई अझ बढी व्यवस्थित, प्रभावकारी, सेवाग्राहीमैत्री बनाउन जोड दिने उनको भनाइ छ ।
बिहीबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले संक्रामक एवं महामारीको रुपमा फैलिने कोभिड, डेंगी र अन्य सरुवा रोग फैलिन नदिन तीन तहसँगको समन्वय र व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानाय तहहरुमा साधन, स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित चिकित्सकहरुलाई अधिकतम परिचालन गरिनेछ ।’
प्रतिक्रिया लेख्नुहोस्:-