काठमाडौं । अशोक राईको नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिएको छ ।
आयोगले आज उक्त दललाई मान्यता दिएको हो । आयोगले ७ जना प्रतिनिधि सभाका सांसद र ३० जना केन्द्रीय सदस्यहरूले दिएको निवेदनका आधारमा मान्यता दिएको जनाएको छ ।
नयाँ पार्टीको पक्षमा जसपा नेपालका १२ मध्ये राईलाई सांसदहरु प्रदीप यादव, रञ्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, हसिना खान र नवलकिशोर साह सुडीले साथ दिएका छन् ।
राईसहित प्रतिनिधि सभाका ७ जना सांसदहरू र जसपा नेपालबाट छुट्टिएका ३० जना केन्द्रीय सदस्यहरूले नयाँ दर्ताका लागि आइतबार निवेदन दिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-