काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले बजारमा पार्टी फुटबारे आएको हल्लामा कुनै सत्यता नभएको प्रष्ट पारेको छ । सांसद शेरबहादुर कुँवरले सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले बजेट अधिवेशनमा पार्टीको भूमिका संसद्मा प्रभावकारी बनाउने निर्णय गरेको बताए ।
‘अधिवेशनमा संसदीय भूमिका प्रभावकारी बनाउने र सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटका बारेमा सरकारलाई रचनात्मक सुझाव दिने निर्णय गरेको छ’, कुँवरको भनाइ छ । साथै बैठकले संसद् बैठकमा जनसरोकारका विषय सशक्त ढङ्गले उठान गर्दै कानुन निर्माण प्रक्रियामा सशक्त भूमिका निर्वाह गर्ने बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-