अमेरिका, मे ८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपाली भाषा पाठ्यपुस्तक तयार पारेकाे छ । प्रवासमा हुर्किरहेका नेपाली बालबालिकालाई हाम्रो भाषा चिनाउनु, सिकाउनु र बुझाउनु आवश्यक भएकै भन्दै एनआरएन अमेरिकाले पाठ्यक्रम तयार गरेको हाे ।
नेपालीहरुको बाक्लाे बसाेवास रहने अमेरिकाको विभिन्न राज्यमा स्थानीय संघ सस्थाको पहलमा नेपाली भाषा कक्षा सन्चालन हुदै आएको छ । मुख्यतय नेपालमा जन्मिएर सानै उमेरमा अमेरिका आएका र अमेरिकामा जन्मिएका नेपाली मुलका बालबालिकाहरुलाई लक्षित गर्दै नेपाली भाषा कक्षा सन्चालन गरिएका हुन् । त्यस्ता भाषा कक्षामा पाठ्यक्रममा एक रुपता ल्याउन एनआरएनए अमेरिकाले पाठ्यपुस्तक तयार गरेको हाे । “कक्षागत रुपमा वर्गिकरण गर्दै एकैप्रकारको पाठ्यपुस्तक सबैं ठाउमा पढाउन सक्दा उत्तम हुने महशुष गरी पाठ्यपुस्तक निर्माण गर्न समिति बनाएको सबैंमा जानकारी रहेकै विषय हो ।” एनआरएन अमेरिका, पाठ्यपुस्तक निर्माण समितिका संयाेजक कृष्ण लामिछानेद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
“मातृ भुमी बाहिर प्रवासमा रहेका हामी नेपालीको परिचय हाम्रो भाषा र संस्कृति हो । यो हाम्रो परिचयलाई हामी हाम्रा सन्ततीमा हस्तान्तरण गर्न सक्रिय छौं । छ । यसले प्रवासमा हुर्किदैं गरेको हाम्रो अबको पुस्तालाई मातृभुमीसग जोड्न सघाउ पुग्दछ ।” विज्ञप्तीमा भनिएको छ ।
नेपालका विद्यालयहरुमा पढाइने पाठ्यक्रमलाई प्रवासको शिक्षा आर्जनको शैलीसँग मिलाएर पाठ्यक्रम निर्माण गर्ने गरी बनाइएको पाठ्यपुस्तककाे संयाेजन डाक्टर मुलरी अधिकारीले गरेका छन् । नेपाली भाषा पुस्तिका नाम दिइएको पाठ्यक्रम कक्षा एक देखि ६ सम्मका लागि रहेको छ ।
एनआरएनएले तयार पारेकाे पाठ्यक्रम हाल अनलाईनमा पिडिएफ भर्सनमा उपलब्ध रहेकाे छ । साे पाठ्यक्रम प्रकाशनको तयारीमा समेत रहेकाे एनआरएनए अमेरिकाले जनाएकाे छ ।
पाठ्यपुस्तक पिडिएफ भर्सनका लागि तलको लिङ्क क्लिक गर्नु हाेला
https://nrnusa.org/nepali-books-for-kids/
file:///C:/Users/Ravi/AppData/Local/Temp/Temp1_courses_syllabus.zip/courses_syllabus/Class1.pdf
file:///C:/Users/Ravi/AppData/Local/Temp/Temp1_courses_syllabus.zip/courses_syllabus/Class2.pdf
file:///C:/Users/Ravi/AppData/Local/Temp/Temp1_courses_syllabus.zip/courses_syllabus/Class3.pdf
file:///C:/Users/Ravi/AppData/Local/Temp/Temp1_courses_syllabus.zip/courses_syllabus/Class4.pdf
file:///C:/Users/Ravi/AppData/Local/Temp/Temp1_courses_syllabus.zip/courses_syllabus/Class5.pdf
file:///C:/Users/Ravi/AppData/Local/Temp/Temp1_courses_syllabus.zip/courses_syllabus/Class6.pdf
प्रतिक्रिया लेख्नुहोस्:-