काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीविरुद्ध दृढतापूर्वक उभिन चुनौती दिएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल सो प्रकरणका दोषीलाई जोगाउने पक्षमा लागिपरेकै कारण आफूले उनीसँगको भेटमा ‘दोषीहरु कोही पनि नछुटुन्’ भन्नुपरेको जिकिरसमेत गरे। सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम पूर्ण बैठकमा बोल्दै अध्यक्ष ओलीले सो प्रकरणमा आफ्नो पार्टीलाई फसाउन र दोषीलाई जोगाउन प्रधानमन्त्री दाहालले कस–कसलाई निर्देशन दिएको भन्ने कुरा आफूलाई थाहा भएको र पछि त्यसको सार्वजनिक गर्ने पनि चेतावनी दिए।
प्रधानमन्त्री दाहालले सो प्रकरणका दोषीलाई जोगाउने, आफ्नो पार्टीलाई फसाउने खालको प्रयास गरेपछि आफूले सो प्रकरणको छानबिन गरी दोषीमाथि कारबाही गर्न दबाब दिनुपरेको उनको दाबी थियो।
प्रतिक्रिया लेख्नुहोस्:-