काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग मिलेर सरकार बनाउनेबारे अहिलेसम्म विशेष कुराकानी नभएको प्रष्टीकरण दिएका छन् । उनले आज सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
पछिल्लो समय कांग्रेस र एमाले दुई ठूला पार्टी मिलेर सरकार बनाउनुपर्छ भन्ने आमधारणा बन्न गएको भन्दै उनले कार्यकर्ताको तहबाट त्यस्तो चाहना आए पनि पार्टीको नेतृत्वले त्यस्तो पहल नगरेको दाबी गरे ।
प्रमुख सचेतक लेखकले पार्टीमा कोही एउटा नेताले बोलेको विषय र धारणालाई लिएर पार्टीलाई नै त्यसमा मुछ्न नहुने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-