अमेरिका ।
अध्यक्षमा बलियो उम्मेदवार मानिएका सुनिल साहलाई लक्षित गरी एनआरएनए अमेरिकाका अध्यक्षका अरू दुई प्रत्यासिले वेबसाइट निर्माणमा उनको संलग्नतालाई देखाएर क्षेत्रीय संयोजक आरसी गौरी जोशीलाई निवेदन दिएपछि छानबिन प्रक्रिया अगाडि बढेको छ । आरसी जोशीले दूरबिन नेपालसँग कुरागर्दै भने तीन सदस्य छानबिन समिति बनाएका छौँ । तर उनीहरूको नाम भने सार्वजनिक गरिने छैन । उनीहरूले गोप्य रूपमा छानबिन गरी प्रतिवेदन दिने छन् ।
एनआरएनए अमेरिकाको वेबसाइट निर्माण गर्ने कम्पनीसँग सुनिल साहको संलग्नता र सम्बन्धका विषयमा सञ्जय थापा र सूर्य लम्सालले राखेको सरोकार उनीहरूको अनुसन्धानमा पर्ने छ । साहले वेबसाइट निर्माण कम्पनीसँग आफ्नो कुनै सम्बन्ध र प्रभाव नरहेको बताउँदै आएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-