काठमाडौं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने निर्णय गरेको छ ।
तर, अत्यावश्यक सेवाका र कुटनीतिक नियोगका सवारी साधान भने सञ्चालन भइरहने र त्यसका लागि कुनै अनुमति नलिनुपर्ने आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले जानकारी दिए । उनका अनुसार निर्वाचन सम्बन्धी कुनै कार्यमा प्रयोग नहुने गरी एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दुध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्कर्मीको आवागमनका लागि प्रयोग हुने साधन सञ्चालनका लागि कुनै पनि अनुमति चाहिने छैन ।
यस्तै अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगका सवारी साधनको हकमा पनि सवारी अनुमतिपत्र लिनुपर्ने छैन ।







प्रतिक्रिया लेख्नुहोस्:-