Monday, July 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सत्ता अन्धो हुन्छ

बैशाख २९, २०७७ ७:४२ मा प्रकाशित
सत्ता अन्धो हुन्छ
Share on FacebookShare on Twitter

सत्ता अन्धो हुन्छ

बन्धु पोख्रेल

सन फ्रान्सिस्को, क्यालिफोर्निया

सत्ताले देख्दैन आफ्नै सीमा मिचिएको

थाहा पाउँदैन बिदेशीबाट आफू थिचिएको

यस्तो देखेर स्वाभिमानी देश भक्त ग्वॉ ग्वॉ रुन्छ

तर सत्ताले देख्दैन, किनकी सत्ता अन्धो हुन्छ ।

नेतृत्वलाई टॉसिइरहन मन लाग्छ सत्तामा

स्वार्थीहरु लिप्त रहन्छन कमिसन र भत्तामा

कृतिम अभाव गराइन्छ महंगिले आकाश छुन्छ

तर सत्ताले देख्दैन, किनकी सत्ता अन्धो हुन्छ ।

सत्तामा पुगेपछि ठान्छ आफूलाई दक्ष

इमान्दार कार्यकर्तालाई सम्झन्छ प्रतिपक्ष

पार्टीको अधोगति देखेर कार्यकर्ता बसेर रुन्छ

तर सत्ताले देख्दैन, किनकी सत्ता अन्धो हुन्छ ।

मख्ख पर्छ प्रसंसाका गीत र रोधीमा

स्वाभिमानी आफ्नैलाई गन्न थाल्छ बिरोधीमा

स्वार्थीले लोभ देखाएर लाभ लिने तानाबाना बुन्छ

तर सत्ताले देख्दैन, किनकी सत्ता अन्धो हुन्छ ।

आएका सहि सुझाव बिरुद्ध खेल्छ जुहारी

पदमा राख्छ चाकडीबाज, प्रेमिका वा बुहारी

त्यस्तो गर्न उक्साउँनेले हरदिनआफ्नो लाभ गुन्छ

तर सत्ताले देख्दैन, किनकी सत्ता अन्धो हुन्छ ।

देख्दैन युवाले परदेशमा बगाएको पसिना

देश भित्रै रोजगारीका कुरा ठान्छ झिना मसिना

सच्चा नागरिक परदेशमा देश सम्झेर रुन्छ

तर सत्ताले देख्दैन, किनकी सत्ता अन्धो हुन्छ ।

बुझ्दैन पींडा बाकसमा फर्किनेका परिवारको

गणना गर्छ झिटी गुन्टामा लगाउने भन्सारको

युवा परदेशमा अनि बृद्ध बुबा घरमा बसेर रुन्छ

तर सत्ताले देख्दैन, किनकी सत्ता अन्धो हुन्छ ।

जत्ति लुटे पनि हुँदैन कहिले सत्ताबाट तृप्त

बेथितिले वौद्धिक जगत हुन जान्छ बिक्षिप्त

भ्रष्ट र लुटेराबाट बौद्धिक जगत उपेक्षित हुन्छ

तर सत्ताले देख्दैन, किनकी सत्ता अन्धो हुन्छ ।

हिस्सा पाए पुग्छ कर्मचारीलाई जे गर्न नि छुट

सत्तासिन संगको साझेदारीमा गर्नलाई ब्रह्मलुट

स्वाभिमानी कर्मचारी परिवार पाल्न नसकेर रुन्छ

तर सत्ताले देख्दैन, किनकी सत्ता अन्धो हुन्छ ।

सत्ता मात्र देख्छ वरिपरी बसेर गाइने स्तुतिगान

सत्तालाई हुन्छ जनता आफ्नै पक्षमा भएको भान

देशभक्त नागरिक देशको बेहाल देखेर रुन्छ

तर सत्ताले देख्दैन, किनकी सत्ता अन्धो हुन्छ ।

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result