काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन् । उनीहरुले शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
शपथ लिनेमा कांग्रेसबाट महेन्द्रध्वज जीसी, जीतप्रकाश आलेमगर र दीपेन्द्रबहादुर थापा तथा माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली छन् । जीसीलाई कृषि तथा भूमि व्यवस्था, आलेमगरलाई आर्थिक मामिला र थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै माओवादीका जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा पाएका छन् । उनीहरुलाई आजै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्त गरेका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-