अमेरिका ।
मुद्दा खारेज गर्दै समय निर्वाचन गर्न एनआरएनए अमेरिकालाई टेनेशी कोटले बाटो खुला गरिदिएको छ । रविना थापा र नारायण थापाले दुई साता अगाडि अदालतमा हालेको मुद्दा आज बिहान भएको हियरिङले पछि टेनेसी कोर्र्टले खारेज गरिदिएको हो । अदालतले समयमा नै निर्वाचन गर्न समेत भनेको छ । निर्वाचन आयुक्त विश्व बराललाई विवादित भनी लगाएको आरोप समेत कुनै हिसाबले पुष्टि नहुने र संस्थाको स्वाभाविक गतिविधि असर पर्ने गरी गरिएको माग भएकाले मुद्दा नै खारेज गरिएको अदालतको निर्णयमा भनिएको छ । चुनाव स्थगित गर्ने, साधारण सभा बोलाउने लगायतका माग पनि यो निर्णयसँगै खारेज भएका छन् । अदालतको निर्णयले संस्थामा केही कुरा चित्त नबुझ्न साथ वा कसैको उक्साहटमा अङ्कुस लगाउन चाहने पक्षलाई धक्का पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-