कम्प्यूटर इन्जीनियरिंग टेक्नोलजीमा जर्जिया स्थित साउदर्न पोलिटेक्निक युनिभर्सिटीबाट मास्टर्स डिग्री गरेका भानु खरेल हाल एनआरएनए अमेरिकाको टेक्सस च्याप्टर अध्यक्ष हुन्। एटिएण्डटी लगाएतका ठूला कर्पोरेट एजेन्सीहरुमा कार्यानुभव भएका खरेलमा आफ्नो ज्ञान र सीपले भ्याएसम्मको सहयोग नेपाली समुदायलाई गर्ने जोश छ।
नेपालमा भरतपुर चितवन घर भएका खरेलले टेक्सस च्याप्टर अध्यक्ष भएर समुदाय केन्द्रित काम गरेर आफ्नो कार्यक्षमता देखाइसकेका छन्। उनले राष्ट्रिय समन्वय परिषदमा रहेर अझ धेरै सक्रियताका साथ कार्यसमितिका पदाधिकारीहरुको संयुक्त योजनालाई कार्यान्वयन गर्ने उद्देश्य राखेका छन्। हाल टेक्ससको ड्यालास (यूलेस) बस्ने खरेल स्थानीय र क्षेत्रीय स्तरका धेरै सामाजिक गतिविधीहरुमा संलग्न छन्। खरेल अर्भिंगस्थित नेपाली मन्दिरको संस्थापकहरु मध्येका एक हुन्।
एनआरएनए अमेरिकाकालाई बहुसंख्यक नेपालीहरुको हितमा केन्द्रित हुने संस्था बनाउने अभियानमा सघाउने अभिप्रायले सचिव पदमा उम्मेदवारी दिएका खरेलको चाहना निर्वाचित महासचिवलाई ‘भायवल’ एनआरएनए बनाउने अभियानमा सक्रिय सहयोग गर्ने छ। र, उनलाई नेपाली समुदायलाई हाम्रो एनआरएनए भन्ने अनुभूति दिलाउन सहयोगी हुन मन छ।
खरेल भन्छन्-‘एनआरएनए अमेरिकामा सचिवमा मेरो दाबेदारी काम गरेर देखाउन हो। सचिव पदमा निर्वाचित हुनसकें भने एनआरएनएको गतिविधिलाई चुस्त-दुरुस्त राख्न लागिपर्ने छु।खरेलको दाबी छ- म काम गर्नैका लागि एनसीसीमा जान खोजेको हुँ, त्यसैले काम गरेर कहिल्यै थाक्ने छैन।’
प्रतिक्रिया लेख्नुहोस्:-