Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विविध कार्यक्रमका साथ नेजाले ‘विश्व प्रेस स्वतन्त्रता विवस’ मनायो

नेजाको भूमिका प्रशंशनीय:राजदूत खत्री

बैशाख २४, २०८१ ८:५४ मा प्रकाशित
विविध कार्यक्रमका साथ नेजाले ‘विश्व प्रेस स्वतन्त्रता विवस’ मनायो

Screenshot

Share on FacebookShare on Twitter

न्युयोर्क, अमेरिका ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल अमेरिका पत्रकार संघ नेजाले ‘सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता’ विषयमा रहेर कार्यक्रमको आयोजना गरेको छ । मे ४, २०२४ मा न्युयोर्कमा आयोजित कार्यक्रममा वातावरणीय संकटको सामनामा पत्रकारिता रहेको सन्दर्भको सेरोफेरोमा कार्यक्रमलाई केन्द्रित गरिएको थियो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गरिएको कार्यक्रमको उद्घाटन वातावरणको जननी बिरुवामा पानी राखेर गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले समुदायमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे । प्रमुख अतिथि थापाले समुदाय र प्रेसको सुमधुर सम्बन्धपश्चात् मात्र स्वतन्त्रतालाई पूर्ण रुपमा अगाडि बढाउन सक्ने बताउदै मिडियामा ठूलो चुतौती आएको बताउँदै हिजो जोसँग सूचना हुन्थ्यो त्यो शक्तिसाली हुने गरेको थियो भने आज सूचनाको स्पष्टता नहुँदा समाजमा कन्फ्युजनको वातावरण बढेको जिकिर गरे ।

समाजमा व्याप्त गलत सूचनामार्फत चुनौती सिर्जना गरिरहेको हुँदा यसलाई चिर्नका लागि नेजालाई युएनको मिसनसँग मिलेर अगाडि बढ्नसमेत आग्रह गर्दै नेपालको विकास, राजनीति, जलवायु परिवर्तन, स्वास्थ्य क्षेत्र, शान्ति स्थापनालगायतका क्षेत्रमा मिडियाको ठूलो भूमिका रहेको हुँदा यूएनसँग मिलेर अगाडि बढ्न आग्रह गरे । थापाले यूएनले नेपालमा जलवायु परिवर्तनबाट पर्न सक्ने असरका बारेमा विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै यस्ता खाले कार्यक्रममा नेपालको मुद्दालाई अभिव्यक्त गर्नका लागिसमेत आग्रह गरेका थिए ।

नेजा अध्यक्ष सुरज भण्डारी अध्यक्षता एवं महासचिव बाबुराम दाहालको सञ्चालन रहेको कार्यक्रममा विषयवक्ताको रुपमा अमेरिकाको ओहायो राज्यमा रही पत्रकारिता विषयमा विद्यावारिधि गरिरहनुभएका पत्रकार प्रकाश आचार्यले ‘सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता’ को बारेमा प्रकाश पार्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालबीच ठूलो भिन्नता रहेको उल्लेख गरे । आचार्यले समाचार प्रकाशन गर्ने तरिका फरकफरक हुने हुँदा समाजमा असर पर्ने खालका विषयवस्तुलाई समाचार बनाउनु उपयुक्त नहुने उललेख गर्दै विषयवक्ता आचार्यले समाजमा विकृति ल्याउने खालका समाचारलाई प्राथमिकता नदिनसमेत आग्रह गरे ।

नेजाका अध्यक्ष सुरज भण्डारीले कार्यक्रमको उद्देश्य, नेजाका योजना एवं समुदाय र पत्रकारितालाई जोड्न नेजाको भूमिकाका सन्दर्भलाई जोडेर आफ्ना धारणा राख्दै नेजा उत्तर अमेरिमा रहेका पत्रकारहरूको संस्था नेजा भएकाले समुदायको आवश्यकतालाई मध्यनजर गर्दै नेजाले आफ्नो योजना तथा कार्यक्रम अगाडि बढाएको बताए । यसैगरी, नेजाका महासचिव बाबुराम दाहालले नेजाले समुदायमा भएका कार्यक्रम एवं गतिविधिका बारेमा प्राप्त समाचार एवं समुदायलाई आवश्यक पर्ने सूचना नेजाले अमेरिकाबाट प्रकाशन हुने सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउने गरेको बताउदै समुदायमा गरिने गतिविधिका बारेमा विस्तृत जानकारी समेटेर नेजालाई उपलब्ध गराउने समेत आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल सरकारका पर्यटन प्रवर्धक गोकुल श्रेष्ठले सन २०२४ मा १२ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष रहेको बताए भने प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापाले निष्पक्ष पत्रकारिताका आवश्यकतामा जोड दिए ।
नेपाली जनसम्पर्क समिति, अमेरिकाका अध्यक्ष आनन्द विष्टले लोकतन्त्रमा लागि प्रेस स्वतन्त्रता अनिवार्य रहेको बताउँदै समुदायका गतिविधि मिडियामार्फत आमजनसमुदायमा पुर्याउन मिडियाले खेलेको भूमिकाको प्रशंसा गरे भने अधिकारकी निर्देशक नर्बदा क्षेत्रीले व्यक्ति र संस्था हेरेर भन्दा कामका आधारमा रिपोर्टिङ गर्न र निष्पक्षता देखाउन पत्रकारसमक्ष आग्रह गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा फोनिजका पूर्वअध्यक्ष मोहनसिंह लामाले वातावणीय संकट अहिलेको मुख्य समस्या भएको हुँदा पत्रकारले यस विषयलाई महत्त्व दिएर समाचार सामग्री प्रकाशन एवं प्रसारण गर्न अनुरोध गरेका थिए ।
नेजाका सदस्य कल्पना घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेजाका उत्तर(पूर्व क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेतले नेजाको म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा मे २५ र २६, २०२४ हुने १७औं साधारण सभाका बारेमा जानकारी दिँदै सबैलाई निमन्त्रणा गरेका थिए । नेजाका उपाध्यक्ष सुजन पण्डितको धन्यवाद मन्तव्य रहेको कार्यक्रममा नेजाका सल्लाहकार मच्छेदेवी गुरुङ, नेजाका पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी, पत्रकारहरू लोकमणि राई, मोहनसिंह लामा, प्रेमिला गौचन, सुनिता कोइराला, सन्तोष शर्मा, किरण पाण्डे, बद्री गौतमलगायतले आफ्ना भनाइ राखेका थिए ।

राजदूत प्रा खत्रीसँग अन्तरक्रिया

यसैवीच, विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ मा अमेरिकाको डीसी मट्रो क्षेत्रमा अवस्थित अमेरिकाका लागि नेपाली दूतावासको कार्यालयमा राजदूत प्रा श्रीधर खत्रीसँग नेपाल अमेरिका पत्रकार संघ नेजा ले अन्तरक्रिया गरेको छ । सो अन्तरक्रियामा राजदूत प्रा‍ खत्रीले दूतावासले आफ्नो स्रोत र साधनले भ्याएसम्म सेवा प्रवाहमा विशेष ध्यान दिइरहेको बताए । उनले दूतावासमा पर्याप्त जनशक्तिको अभावले गर्दा समुदायको मागबमोजिम शिविर सञ्चालन गर्न नसकिएको स्वीकार गर्दै अन्य राज्यमा दूतावासले शिविर सञ्चालनका बारेमा तयारी गरिरहेको जानकरी दिए ।

राजदूत प्रा खत्रीले नेजा र नेजामा आबद्ध पत्रकारहरूले नेपाल र नेपाली डायस्पोरालाई जोड्नका निम्नि खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै प्रवासमा रहेका व्यक्तिहरूले नेपालमा गरिरहेको सहयोगका सन्दर्भमा पनि रिपोर्टिङ गर्न आग्रह गरेका थिए ।

सो अन्तरक्रियामा नेजाका संस्थापक अध्यक्ष गिरीश पोख्रेल, अध्यक्ष सुरज भण्डारी, उपाध्यक्ष सुजन पण्डित, महासचिव बाबुराम दाहाल, पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी, डीसी मेट्रो संयोजक हरिमाया काफ्ले, नेजाको अनुशासन समिति संयोजक, आजीवन सदस्य एवं सतीश चापागाईं, नेजा सदस्य सागर घिमिरेलगायतको टोली सहभागी थियो । सो अन्तरक्रियामा दूतावासको तर्फबाट इकोनोमिक काउन्सिलर युवराज पाण्डे र द्वित्तीय सचिव उत्तम घिमिरेको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result