अमेरिका, १३ मे/ एनआरएनएको आगामी नेतृत्वका लागि लस एन्जलस निवासी रामबाबु पाण्डेले पश्चिम क्षेत्रीय उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । स्थानीय सङ्घसंस्थासँग सहकार्य गर्दै गतिशील संस्था निर्माणको लागि आफ्नो उम्मेदवारी भएको रामबाबु पाण्डेले बताए ।
क्यालिफोर्निया च्याप्टरको अध्यक्ष हुँदा आपद विपदमा परेकाहरूको लागी डलर डे अभियान सञ्चालन, नेपालीहरूद्वारा निर्माण गरिएका मन्दिरमा आर्थिक सहयोग उपलब्ध गराउने लगायत च्याप्टरलाई राज्यस्तरमा दर्ता गराई वैधानिकता दिने कार्य आफ्नो कार्यकालमा भएको उनले बताए । पाण्डे लस एन्जलसमा नेपालीद्वारा निर्मित श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर लगायत अन्य सामाजिक सङ्घसंस्थामा सक्रिय सहभागिता जनाइरहेका छन् ।
आम मतदाताबाट आएका तथा सबै निर्वाचित उम्मेदवारले लिएर आएका एजेन्डालाई मिलाएर सर्वसम्मतिले गतिशील एनआरएनए निर्माणको लागि आफू सदैव लागिपर्ने पाण्डेले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-