काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनकी उम्मेदवार रेनु दाहालले नेकपा (एमाले) का विजय सुवेदीलाई उछिनेकी छन्।
वडा १ बाट ३५० गणना गर्दा रेनुले १३३ मत ल्याएकी छन् भने एमालेका सुवेदी १२७ मत ल्याएका छन्। हालसम्मको मतगणना अनुसार रेनु र सुवेदीबीच ६ मतान्तरको फरक छ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ४१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस्तै, उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १६२ र राप्रपाकी हिमला गुरुङले ९१ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसबाट वागी उम्मेदवार बनेका जगन्नाथ पौडेलका कारण सत्ता गठबन्धनकी दाहाललाई केही अप्ठयारो परेको आँकलन गरिए पनि उनले भरतपुर महानगरमा आफूले जित्ने दावी गर्दै आएकी छिन् ।
प्रतिक्रिया लेख्नुहोस्:-