काठमाडौं । सरकारले विसं २०६२–०६३ को जनआन्दोलनका ज्युँदा सहिद बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले १७ वर्षदेखि जिउँदो शहिदका रूपमा चिनिएका कायस्थलाई शहिदको घोषणा गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । गोलीका कारण उनलाई पक्षघात भएको थियो, जसका कारण त्यसयता उनी हिँडडुल समेत गर्न सक्दैनथे।
सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेका लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । उनको गत वैशाख २८ गते निधन भएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-