काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नागरिकलाई शरणार्थी बनाउने कार्य भ्रष्टाचार मात्रै नभई मानव बेचबिखनको गम्भीर अपराध भएको बताएको छ ।
बुधबार आयोगले पत्रकार सम्मेलन गर्दै राज्यशक्तिको दुरुपयोग गरी नक्कली शरणार्थी बनाई मानव बेचबिखन गर्नु गम्भीर प्रकृतिको भ्रष्टाचारको विषय मात्रै नभई मानव बेचबिखन र ठगीको गम्भीर अपराध भएको बताएको हो।
आयोगले राज्यशक्तिको दुरुपयोग गरी निकृष्ट अपराधको अनुसन्धानमा प्रभाव पार्न सक्नेतर्फ सचेत रही कानुनबमोजिम अनुसन्धान तथा अभियोजनको जिम्मेवारी निभाउन आग्रह गरेको छ। पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले भ्रष्टाचारले सार्वजनिक जवाफदेहिता र पारदर्शितामा प्रभाव पार्ने बताए।
प्रतिक्रिया लेख्नुहोस्:-