Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

माक्र्स र माओत्सेतुङबारेका पुस्तक विमोचित

जेष्ठ ८, २०७५ ३:४१ मा प्रकाशित
माक्र्स र माओत्सेतुङबारेका पुस्तक विमोचित
Share on FacebookShare on Twitter

काठमाडौँ, ८ जेठ / साम्यवादका प्रणेता कार्ल माक्र्सको २००औँ जन्मोत्सवका अवसरमा ‘युवा पाठकका लागि कार्ल माक्र्स’ र ‘माओत्सेतुङबारे अध्ययन’ नामक दुई पुस्तकको आज यहाँ विमोचन भएको छ ।

चिनियाँ समाजवादी विचार अध्ययन विभागका कार्यकारी उपप्रमुख हान यु हाईले लेख्नुभएको चिनियाँ भाषाका ती कृति नेपाली भाषामा अनुवाद गरी ‘करेन्ट पब्लिकेशन नेपाल’ले बजारमा ल्याएको हो । ती पुस्तकमा माक्र्सका सिद्धान्त र उनको जीवनी तथा चिनियाँ कम्युनिष्ट आन्दोलनका नेता माओत्सेतुङले व्यवहारमा उतारेका कुरा रचिनियाँ कम्युनिष्ट आन्दोलनको सफलतापछि चीनले कसरी आर्थिक विकास ग¥यो भन्ने विषयमा वर्णन गरिएको छ ।

सन् १९१२ मा कलिलो उमेरमा कम्युनिष्ट आन्दोलनमा प्रवेश गर्नुभएका माओ नेतृत्वको चिनियाँ क्रान्ति सन् १९४९ मा सफल भई जनगणतन्त्र घोषणा भएको थियो । सन् १९६० मा नेपालका प्रधानमन्त्री बिपी कोइराला तथा सन् १९६१मा राजा महेन्द्रले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओसँग भेट गरी नेपाल–चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाएका थिए ।

ती पुस्तकको विमोचन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माक्र्स र माओत्सेतुङका ती पुस्तकमा चिनियाँ क्रान्तिमा माओत्सेतुङको भूमिका र चीनले गरेको आर्थिक विकासका बारेमा धेरै कुरा व्यक्त भएको विचार व्यक्त गर्दै माओले माक्र्सवादलाई व्यवहारमा प्रयोग गरेको बताउनुभयो ।

नेपालका लागि चिनियाँ राजदूत यु होङले माक्र्सको २००औँ शतवार्षिकीको अवसरमा पुस्तक बजारमा ल्याउन पाएकामा खुशी व्यक्त गर्दै मदन भण्डारीको उदय हुँदा नेपालमा कार्ल माक्र्स जीवित रहेको भनाइ आएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

चीनका लागि नेपालका राजदूत लीलामणि पौडेलले नेपाल–चीन सम्बन्ध प्राचीनकालदेखि जनस्तरमा रहेको र नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध भएको बताउनुभयो । वरिष्ठ पत्रकार मल्ल के सुन्दरले चीनको विकासबाट शिक्षा लिई नेपाल पनि आर्थिक समृद्धिका लागि लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

चिनियाँ बाल पुस्तक प्रकाशन समूहका प्रधानसम्पादक च्याङ स्याओ नान, पेचिङ विश्वविद्यालयका प्रा हान यु हाई, नेकपा (माले)का महासचिव सिपी मैनाली, चीन अध्ययन केन्द्रका महासचिव उपेन्द्र गौतमलगायतले नेपाल–चीन सम्बन्ध र चीनको आर्थिक विकासबाट नेपालले सिक्नुपर्ने विविध पक्षका बारे प्रकाश पार्नुभयो । रासस

सम्बन्धित समाचार

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को  ठूलो कन्सर्ट हुँदै
Breaking News

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को ठूलो कन्सर्ट हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result