काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीभन्दा झन्डै १९ हजार बढी मत ल्याएका छन् । उनले सोमबार साँझसम्म ४७ हजार ४२९ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८ हजार ५०६ मत प्राप्त गरेकी छिन् । यसैगरी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २७ हजार ६४२ मत ल्याएका छन्।
मतगणनाको सुरूदेखि नै अग्रता लिएका शाहले अहिले सिंहसँग १८ हजार ९ सय २३ मतान्तर बनाइसकेका छन्।
काठमाडौंको राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना भइरहेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-