अमेरिका । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले महामारीको बेलामा राज्य छ भन्ने अनुभुति सरकारले गराउन नसकेको बताएका छन् । दूरबिन नेपालको भिडियो सम्वादमा नेता कोइरालाले सरकार गैर जिम्मेवार रुपमा प्रस्तुत भएको आरोप लगाए ।
‘यस्तो महामारीको बेलामा राज्य छ भन्ने अनुभुति दिलाउन पर्छ, सरकार प्रमुख अहिले के भन्नु हुन्छ भने, हामीहरुको क्षमता नै छैन ल्याउनका लागि ।’ उनले राज्यले आफ्ना नागरिकलाई नल्याउने हो भने, यस्तो महामारीको बेलामा पनि नसम्झने हो भने सरकार के को लागि भनेर प्रश्न गरेका छन् ।
नेता कोइरालाले खाडी मुलुकमा अलपत्र परेका नेपालीलाई तत्काल ल्याएर व्यवस्था गर्न पनि जोड दिएका छन् ।’खाडीमा कति नेपाली भिषा सिकएर बसेका छन् । कुवेतले ३० हजारलाई फर्काइ दिन्छु भनेको छ, सरकार गैरजिम्मेवार बनेको छ, हामी सरकारलाई के दवाव दिन्छौ भने यहाँ ल्याएर व्यवस्थित तरिकाले राख ।’
अन्तरवार्ताको पुरा भिडियोका लागि यहाँ क्लिक गर्नु होला ।
प्रतिक्रिया लेख्नुहोस्:-