Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

रिमालको ‘बारपाक’ कम्पकाव्य सार्वजनिक

जेष्ठ ११, २०७५ १:४६ मा प्रकाशित
रिमालको ‘बारपाक’ कम्पकाव्य सार्वजनिक
Share on FacebookShare on Twitter

काठमाडौँ, ११ जेठ / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमालले लेख्नुभएको कम्पकाव्य ‘बारपाक’ आज सार्वजनिक गर्नुभएको छ । कृतिमा राहतमा भएको अनियमितता, राजधानीका सम्पदामा पुगेको क्षति, भूकम्पले ल्याएको नयाँ अवसर जस्ता विषयमा लेखिएका २१ कविता समाविष्ट छन् । ‘धरहरा’, ‘रानीपोखरी’, ‘काष्ठमण्डप’, ‘काठमाडौँलाई भूकम्प सुहाउँदैन’ ‘पाटन’, ‘योगनरेन्द्र मल्लको चरो’ ‘टेको भादगाउँ’, ‘वेह्युल’ (ला¬ङटाङ), ‘घर’, ‘भूकम्प युग’, , ‘राहत’, ‘बारपाक’, ‘वैशाख १२’ आदि शीर्षकका छोटा छोटा कवितामा कविले आफ्ना भाव पोखेका छन् ।

प्रेस चौतारी नेपाल रासस पत्रकारिता सम्मान तथा पुरस्कार वितरण एवम् काव्य विमोचन समारोहमा उहाँले रिमालको कृति भविष्यका पुस्ताका लागि अध्ययनको दस्तावेज बन्ने बताउनुभयो ।

कार्यक्रममा कृतिमाथि टिप्पणी गदै दीपेन्द्र अधिकारीले लेखक रिमालले भूकम्पमा लेखेका भोगेका कुरा कवितामा उल्लेख गरेको बताउनुभयो ।

उहाँले प्रकृतिले विनाश गरेको कुरालाई लेखकले सास्कृतिक विम्ब प्रयोग गरी मिठासपूर्ण रुपमा कविता, र हाइकुमार्फत व्यक्त गरेको बताउँदै साहित्यकार जति पीडामा हुन्छ त्यति नै बढी सशक्त भएर लेख्ने गर्छन् भन्नुभयो ।
कार्यक्रममा साहित्यकार रामकुमार पाँडेले लेखकले भूकम्पमा आफूले देखेभोगेका कुरालाई कवितामार्फत प्रस्तुत गरेकाले कृतिलाई दृश्य साहित्यको संज्ञा दिनुभयो ।
कार्यक्रममा राससका अध्यक्ष कुलचन्द्र वाग्लेले बारपाक कृति सानो भए पनि यसले दिने सन्देश ठूलो भएको बताउनुभयो । राससका महाप्रबन्धक ओपेन्द्र शर्माले रिमालको कृतिले समाज परिवर्तन गर्न सहयोग पु¥याउने बताउनुभयो । नायब महाप्रबन्धक सुरेन्द्र नेपालीले रिमालको कृतिबाटसरल भाषामा भूकम्पलाई बुझ्न सहयोग मिल्ने बताउनुभयो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेत र प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले नेपाली समाज भूकम्पपछि कता जाँदैछ भन्ने सन्देश कृतिले दिएको उल्लेख गर्नुभयो ।रासस

सम्बन्धित समाचार

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को  ठूलो कन्सर्ट हुँदै
Breaking News

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को ठूलो कन्सर्ट हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result