अमेरिका । मेमोरियल डेको अवसरमा पीएगुठी पेन्सलभेनियाले दुई भिन्दा भिन्नै अस्पतालमा कार्यरत डाक्टर,नर्स र कर्मचारीलाई दिवा भोज गराएको छ । पीए गुठी पेन्सलभेनियामा बस्ने नेपालीहरुको संस्था हो ।
अत्यन्त चुनौतीपूर्ण अवस्थामा पनि जोखिम मोल्दै कार्यक्षेत्रमा खटिएका स्वास्थकर्मीको हौसला बढाउन सम्मान स्वरुप दिवा भोज आयोजना गरिएको गुठीको भनाइ छ । गुठीका सस्थापक एंव अध्यक्ष बिमल मोक्तानले यस अघिका मेमोरियल डेका दिन भेट्रान नागरिकको सम्मानमा कार्यक्रम गर्ने गरिएको भए पनि अहिले स्वास्थ क्षेत्र रोजिएको बताए ।
मोक्तानका अनुसार फिलाडेल्फियाको चेस्नटहिल अस्पताल र मंङ्गोभरी काउण्टीमा रहेको आइन्सटाइन अस्पतालमा कार्यरत डाक्टर, नर्स र कर्मचारीलाई दिवा भोज गरिएको थियो । दुई अस्पतालका गरि झण्डै चार सय स्वास्थकर्मी दिवा भोजमा सहभागि भएका थिए ।
‘हामी समय समयमा फ्रण्टलाइनमा काम गर्नेहरुलाई सम्मान गर्ने गर्छौ, यस अधि अग्निनियन्त्रक, प्रहरीहरुलाई पनि दिवा भोज दिएका थियौ, अहिले कोरोनाको यो महामारीमा पनि आफ्नो ज्यानको बाजी राखेर फिल्डमा खटिएका स्वास्थकर्मी रोज्यौ ।’ दूरबिन नेपालसँगको कुराकानीमा गुठीका अध्यक्ष मोक्तानले बताए । मोक्तानका अनुसार सोमवारको दिवा भोजको प्रायोजन ‘प्रसिन ग्रिल’ गरेको हो । गुठीले मंगलवार पनि अर्को अस्पतालमा दिवा भोज आयोजना गर्ने भएको छ । मंगलवारको दिवा भोजका लागि अमन विष्ट्रोले प्रायोजन गर्ने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-