अमेरिका । विश्वभर छरिएर रहेका करातेकर्मीलाई समेट्ने भन्दै विश्वव्यापी नेपाली कराते संठनन गठन गरिएको छ । सुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा गठित संगठनको महासचिव सरोज भट्टराई रहेका छन् ।
संगठनको प्रमुख सल्लाहाकारमा थानेश्वर राई रहेका छन् । यस्तै सल्लाकारमा आठ जना रहेका छन् । राजपाल कर्माचार्य संस्थापक रहेको भनिएको संगठनको कार्य समिति १४ सदस्यीय रहेको छ । महासचिव भट्टराईद्वारा जारी विज्ञप्तिमा संसारभरि छरिएर रहेका सम्पूर्ण कराते खेलाडी निर्णायक र प्रशिक्षकहरुलाई गोलबद्ध गरि नेपालमा हिमाली, पहाडी, तराई लगाएत पिछडिएका क्षेत्रका प्रतिभावान खेलाडीहरुको उत्थान, प्रवर्धनका साथै स्वावलम्बी बनाउने र देशको खेलकुदलाई योगदान दिन संगठन खोलिएको भनिनएको छ । तर अमेरिकाको न्युयोर्कमा कराते स्कूल नै सन्चालन गर्दै आएका शान्त थोकर र पर्खी राई यो संगठनमा समेटिएका छैनन ।
छैटौं डान प्राप्त थोकर अमेरिकाको न्युयोर्कमा कराते स्कूल संचालन गर्ने पहिलो नेपाली हुन् । यस्तै अमेरिका आए पछि थोकर सँगै कराते सिकेर तेस्रो डान प्राप्त राईले पनि अहिले आफैले कराते स्कूल संचालन गर्दै आएका छन् । थोकर र राई दुबै जनाले अमेरिकी कराते महासंघबाट करातेको राष्ट्रिय रेफ्रिमा दोहोरो ए लाइसेन्स प्राप्त गरेका छन् । उनीहरु अन्तराष्ट्रिय जज पनि हुन् ।
संगठनका महासचिवद्वारा जारी विज्ञप्ति
संसार भरि छरिएर रहेका सम्पूर्ण कराते खेलाडी, निर्णायक प्रशिक्षकहरुलाई गोलबद्ध गरि नेपालका हिमाली पाहाडी तराई लगाएत पिछडिएका क्षेत्रका प्रतिभावान खेलाडीहरुको उत्थान प्रवर्धन साथै स्वाबलम्बी बनाउन समेत गहन भूमिका खेल्ने र देशको खेलकुद क्षेत्रमा केहि इट्टा थप गर्ने उदेश्य साथै नेपाली खेल जगतमा देखिएको फाताफाट अवस्थालाई समेत सिलाउन मिलाउन अभिप्रेरणा , उदाहरनिय बन्न, कुनै राजनैतिक दलगत सिधान्त बाटा टाढा रही निस्पक्ष हैशियतले समान रुपमा सहयोग उपलब्ध गराउन हामि सम्पूर्ण बिदेशिएका करातेजनहरु सफल हुन सकु भन्ने ठोस उदेश्य सहित हिजो मे २४, २०२० का दिन २ बजे विश्वब्यापी रुपमा सामाजिक संजाल भेला आयोजना गरि उपस्थित सम्पूर्ण परिवारको सल्लाह सुझाब बमोजिम विश्वब्यापी नेपाली कराते संगठन गठन गरिएको व्यहोरा संपुर्ण कराते परिवारजनहरुमा हार्दिकताका साथ् जानकारी गराउदछु साथै यस संगठनमा आबद्ध संपुर्ण सदस्यहरुको समान हैशियत रहने र सम्पूर्ण कार्याक्रमहरु सर्बसम्बत निर्णयका आधारमा गरिने भएपनि सगठनको कार्यबिधिलाइ व्यवस्थित गर्न कार्यसमितिको समेत जिम्मेवारी व्यवस्थापन गर्न अत्यावस्यक रहेकोले निम्न बमोजिम सल्लाहाकार एबम पदाधिकारीहरु चयन गरिएको व्यहोरा समेत जानकारी गराउदछु l
प्रमुख सल्लाहकार:
आदरणीय श्रीमान थानेश्वर राई
सल्लाहकारहरु : श्री हेम बहादुर पून मगर
श्री आनन्दु लामा थिङ्ग
श्री आंगफुर्बा शेर्पा
श्री रुपेश डंगोल
श्री सुरेश बैद्य
श्री सुधिर नाथ नेवा
श्री लता लिम्बु
श्री शैलेश प्रधान
श्री राम लाल कार्की
संस्थापक: श्री राजपाल कर्माचार्य
अध्यक्ष : श्री सुरेन्द्र लाल श्रेष्ठ
उपाध्यक्षहरु : श्री रामेश्वर श्रेष्ठ
श्री जनक राई
श्री आर . के . श्रेष्ठ ( पहारी )
महासचिब : सरोज भट्टराई
सचिब : मुकेश कुमार बरुवाल
कोषाध्यक्ष : सुनिता महर्जन श्रेष्ठ
सदस्यहरु :
मकेन्द्र बहादुर सिंह
साजन राज मास्के
कृष्ण गुरुङ
लोकमान सिंह श्रेष्ठ
राजेश श्रेष्ठ
प्रशान्त कर्मा
फुर्बा तमाङ्ग
नवगठित विश्वब्यापी नेपाली कराते संगठनको छलफल द्वारा मासिक रुपमा हरेक सदस्यहरु बाट सदस्यता शुल्क बापत ५ डलर बार्षिक ६० अमेरिकी डलर संगठनका कोषाध्यक्ष सुश्री सुनिता महर्जन श्रेष्ठ लाई एकमुष्ठ बुझाउने निर्णय गरिएको व्यहोरा समेत जानकारी गराउदछु l
अन्त्यमा : आगामी भेलाको जानकारी एक हप्ता अगाबै गर्ने गरि बिबिध बिषयमा समेत छलफल गरि भेला टुंग्याएको समेत व्यहोरा जानकारी गराउदछु l ओस ,धन्यबाद
महासचिब :
सरोज भट्टराई
प्रतिक्रिया लेख्नुहोस्:-