काठमाडौं । दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई सभामुख देवराज घिमिरेले बधाई दिएका छन्।
बुढामगरलाई विहीबार बालुवाटारस्थित सभामुख निवासमा स्वागत गरिएको हो । स्वागत कार्यक्रममा घिमिरेले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै प्रशंसा व्यक्त गरे।
सभामुख घिमिरेले भने, ‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ। तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पुर्याउनुपर्छ। नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन्।’
प्रतिक्रिया लेख्नुहोस्:-