काठमाडौं । कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको काम रोकेको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाएका छन्।
बबरमहलस्थित सडक विभागको मुख्यालय र मीनभवनस्थित सडक डिभिजन कार्यालयको प्रवेशद्वारमै महानगरको ट्रकले धुलो खसालेको हो।
मेयर बालेनले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा जनताले धेरै धुलो र कष्ट व्यहोर्नु परेको उल्लेख गरेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-