काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकारको नीति तथा कार्यक्रमको प्रशंसा गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा शुक्रबार सहभागी उनले शाहले यस्तो बताएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको अविभाषण ९नीति तथा कार्यक्रम०मा तीनवटा कुरा (प्रगति, नीति र कार्यक्रम)हरु स्पष्ट आएको बताए।
‘स्थानीय निर्वाचन सम्पन्न, मोदीको लुम्बिनी भ्रमण, नेपालको प्रधानमन्त्रीको भारत भ्रमण र चिनियाँ विदेशमन्त्रीले पनि नेपाल भ्रमण गरेकै हुन्। कोभिडको समयमा ९६ प्रतिशत नेपालीले पहिलो डोज लगाएकै हो, ८५ प्रतिशतले दोस्रो र ४६ प्रतिशतले तेस्रो डोज लगाएकै, एमसीसी पास भएकै छ, गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल संचालन भएको छ,ु राष्ट्रपतिले संसदसामु राखेका सबै कुरा सही र स्पष्ट भएको बताउँदै उनले भने, ुचोभारमा सुख्खा बन्दरगाह संचालन र मेलम्ची संचालन भएको छ। यसलाई राष्ट्रपतिले प्रगतिमा उल्लेख गर्नु नराम्रो होइन।ु
प्रतिक्रिया लेख्नुहोस्:-