काठमाडौं । सरकारले संसदीय पूर्वाधार विकास कोष ब्युँत्याएको छ । आज संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री प्रकाशशरण महतले प्रत्येक सांसदलाई पाँच करोडका दरले विनियोजन गरिएको हो ।
यसका लागि आठ अर्ब २५ करोड रुपैयाँ छुट्याइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । यसअघिको सरकारले यसलाई खारेज गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-