Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘कष्टकर दैनिकीमा जीवन्त लेखन’

जेष्ठ १६, २०७५ १:४४ मा प्रकाशित
‘कष्टकर दैनिकीमा जीवन्त लेखन’
Share on FacebookShare on Twitter

भीमदत्तनगर, १६ जेठ / पारिवारिक समस्याका साथै शारीरिक अवस्थाले पनि साथ नपाउनुभएका मदन पुरस्कार विजेता नरबहादुर साउदले असहज परिस्थितिमा पनि पुस्तक लेखनलाई निरन्तरता दिँदै आउनुभएको छ ।
ह्विलचेयरमा बसेर पुस्तक लेखनमा सक्रिय भीमदत्तनगरपालिका–२ का साउदले लेखेको ‘नेपालका बालीनाली र तिनको दिगोखेती’ नामक पुस्तकले २०६६ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो ।
वृद्धावस्थामा रहेका बुवाआमाको सहारामा दैनिकी गुजार्दै आउनुभएका शारीरिक रुपले दुर्बल साउदले विभिन्न अप्ठ्याराबीच लेखनलाई आफूले अघि बढाएको बताउनुभयो । “अशक्त अवस्थामा भए पनि यही कलमले देशमै चर्चाको पात्र भएँ”, साउदले भन्नुभयो, “ओछ्यानमा छाती र हातको कुहिनाको भरमा सुतेर मात्रै कम्प्युटर चलाउन सक्छु । पहिले त सुतेरै दैनिक १५÷१६ घण्टासम्म लेख्ने अहिले स्वास्थ्यका कारण लामो समय सक्दैन ।”
विसं २०४७ मा नेपाल दुग्ध संस्थानको जागिर हुँदा बुटवलदेखि सुर्खेत आउँदै गर्दा संस्थानको ट्यांकर बाँकेको कुसुममा दुर्घटनाग्रस्त हुँदा साउदको मेरुदण्ड नै भाँच्चिएको थियो । केही वर्षसम्म थला परे पनि उहाँले अन्ततः लेखनयात्रालाई अंँगालेर समाजमा केही नयाँ कुरा र अनुभव बाँडिरहनुभएको छ ।

यसै वर्ष उहाँले ‘हाम्रो खेतीपाती’ नामक पाठ्यपुस्तक पनि ल्याउनुभएको छ । कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकका रुपमा चौलानी प्रकाशन धनगढीले उहाँको पुस्तक बजारमा ल्याएको हो । “प्रकाशनमा आएर धनगढीको एउटा विद्यालयमा ऐच्छिक विषयका रुपमा पढाइसमेत शुरु भइसकेको छ”, साउदले भन्नुभयो, “बुवाआमालाई विसञ्चो हुँदा लेखन कार्य केही समय प्रभावित भएको छ ।”

पचपन्न वर्षीय साउदले ‘तरकारी खेती’ नामक पुस्तकसमेत लेख्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले दोस्रो पुस्तक ‘च्याउखेती’ गत वर्ष बजारमा ल्याउनुभएको थियो । च्याउखेतीका विषयमा गहन अध्ययन र प्राविधिक पक्षसमेत समेटिएको पुस्तक किसानलाई लाभदायक रहेको उहाँको भनाइ छ । ‘च्याउखेती’ पुस्तक झण्डै एक दशकको मेहनतपछि बजारमा आएको थियो ।साउदले नेपाल–भारतका विभिन्न अस्पतालको छ महीनाको उपचारबाट आफूलाई प्यारापिलेजिया भएको चिकित्सकले बताएपछि जीवनमै ठूलो चोट लागेको बताउनुभयो ।

उहाँ ह्वियलचियरको सहारामा घर तथा बस्तीमा हिँड्डुल गर्नाका साथै कामविशेषले भीमदत्तनगर बजारसम्म पनि पुग्नुहुन्छ । “दुर्घटनामा परेपछि केही वर्ष निकै उदासीन जीवन बिताएँ”, बैतडीको रिम गाविस–३ बण्डामा २०१९ सालमा जन्मिनुभएका साउदले भन्नुभयो,“त्यसपछि किताब लेख्न थालेपछि त्यतैतिर ध्यान केन्द्रित भयो ।” साझा प्रकाशनले प्रकाशन गरिदिएको पुस्तकले मदन पुरस्कार पाएपछि लेखनमा थप हौसला थपिएको साउदको भनाइ छ ।

पारिवारिक अवस्था नाजुक हुँदा पुर्खौली घर पहाड बैतडीमा समेत प्रवेशिकासम्मको अध्ययनमा निकै उतारचढाव झेल्नुभएका साउदले विएससी भारतको मिहाञ्चल प्रदेशको कृषि विश्वविद्यालयबाट गर्नुभएको थियो । “शारीरिक रुपले अशक्त भए पनि बुबाआमा र बहिनीको स्याहारले बाँचँको छु”, उहाँले भन्नुभयो, “बुबाआमा पनि निकै पाको भइसक्नुभयो ।”

आफू दुर्घटनामा परेको केही समयपछि श्रीमतीले पनि साथ छाडेर झन् पीडा पाउनुभएका साउद भाइको पनि निधन भएपछि परिवारमा निकै ठूलो बज्रपात भएको बताउनुहुन्छ । लेखनमा इन्टरनेटको पनि सहारा लिने गर्नुभएका साउदलाई हौस्याउने कोही पनि छैनन् । “पुस्तक लेख्न थालेपछि नै शान्ति मिलेको छ ।” उहाँले भन्नुभयो, “शारीरिक अवस्थाले साथ दिएसम्म लेखन अनवरत बनाउँछु ।” रासस

सम्बन्धित समाचार

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को  ठूलो कन्सर्ट हुँदै
Breaking News

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को ठूलो कन्सर्ट हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result