हावाइसेवामा विभिन्न एअरलाइन्सहरुले नयाँ-नयाँ सेवा-सुविधा र गन्तव्य विस्तार गर्ने होड्बाजी नै चलिरहेको छ। दोहा-अकल्याण्ड(न्यूजिल्याण्ड) सम्मको सबभन्दा लामो हवाईसेवा संचालन गरेको कतार एअरको सेवालाई अागामी अक्टुबर ११ बाट सिंगापुर-न्युयोर्कको १९ घण्टा लामो हवाइसेवा संचालन गरेर सिंगापुर एअरलाइन्सले संसारकै सबभन्दा लामो हवाई-सेवा संचालन गर्ने एअरलाइन्स हुने लाइनमा आफूलाई अग्रपंक्तिमा राख्न सफल भएको छ। एअरबस कम्पनीको दुईवटा इन्जिन भएको अल्ट्रा-लंग रेन्जको एसई ए-३५०-९०० मोडेलको अत्याधुनिक जहाजबाट सिंगापुर एरलाइन्सले चारबर्ष अघि स्थगित गरेको आफ्नो अमेरिका हवाइसेवालाई पून संचालनमा ल्याउन लागेको हो।
सिंगापुरबाट न्युयोर्क स्थित नेवार्क लिवर्टी अन्तराष्ट्रिय विमानस्थलमा सिधा हवाइसेवा संचालन गर्न लागेको सिंगापुर एअरलाइन्सले क्वान्टास् र क्याथे-प्यासिफिक जस्ता एअरलाइन्सहरुसंग प्रतिस्पर्धा गर्ने गरि न्युयोर्कसम्मको उडानसेवा शुरु गर्न लागेको बताएको छ। विजिनेश क्लासमा ६७ सिट र प्रीमियम इकोनोमी क्लासका लागि ९४ सिट भएको जहाजबाट शुरुमा हप्तामा तिन दिन सेवा संचालन गर्ने र लगत्तै अक्टुबर १८ देखि सातैदिन सेवा संचालन गर्ने तैयारी गरेको सिंगापुर एअरलाइन्सले गरेको छ। बिस्तारित हवाइसेवा अमेरिका- सिंगापुरबीचको बढ्दो व्यवसायिक-कुटनीतिक सम्वन्ध बिस्तारको एउटा आयामको रुपमा लिइएको समाचारहरुमा जनाइएको छ।
श्रोत:सिएनएन
प्रतिक्रिया लेख्नुहोस्:-