Monday, July 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाले क्यानडा, मेक्सिको र यूरोपबाट आयातित स्टिल र एलुमिनममा पनि कर लगाउने

जेष्ठ १७, २०७५ ४:५६ मा प्रकाशित
अमेरिकाले क्यानडा, मेक्सिको र यूरोपबाट आयातित स्टिल र एलुमिनममा पनि कर लगाउने
Share on FacebookShare on Twitter

अमेरिका/मे ३१, २०१८

गत मार्च महिनामा राष्ट्रपतिद्वारा आयातित स्टिल र एलुमिनममा क्रमश २५ र १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए। उनको शुरुको घोषणाबाट चिडिएका यूरोपियन मित्रशक्तिहरु र उतर-अमेरिकी व्यापार साझेदार क्यानडा र मेक्सिकोबाट आयात हुने स्टील र एलुमिनममा भने त्यस्तो कर तत्काल नलगाउने घोषणा गरेको अमेरिकाले दुई महिना देखि जारी लगातारको व्यापार-वार्तामा आशा गरिएजस्तो प्रगति नभएकोले कर स्थगनको नीति हाललाई कायम नराखिने जनाएको हो। घोषित कर आज मध्यरातबाट नै लागू हुनेछ। यूरोपियन व्यापारिक साझेदारहरुसंग पेरिसमा जारी वार्ताबाट सकारात्मक परिणाम आउन नसकेको भन्दै पेरिसमा रहेकै बेला अमेरिकी वाणिज्यमन्त्री विल्भर रसले स्टील र एलुमिनम आयातमा अन्य मूलुकहरुको लागि लगाइएको २५ र १० प्रतिशतको करको दर क्यानडा, मेक्सिको र यूरोपियन यूनियनका लागि समेत लागू गर्ने निर्णय गरिएको बताएका छन्। अमेरिकाको यो घोषणाप्रति यूरोपियन यूनियन सहित फ्रान्स, बेलायत, मेक्सिको र क्यानडाले आपत्ति जनाएका छन् र अमेरिकी घोषणाको जवाफ आफूहरुले पनि उचितरुपमा दिने बताएका छन्। अमेरिकाको पछिल्लो घोषणाबाट उसका नजिकका मित्रशक्ति राष्ट्रहरुलाई फेरि चिढ्याएको छ र यसले अमेरिकाको बाह्य ब्यापारमा ठूलो दबाव सृजना गर्ने निश्चित छ। 

रिपव्लिकन नेताहरु समेत सहमत हुन नसकेको ट्रम्पको स्टील र एलुमिनममा लगाइने कर योजनाबाट अमेरिकी व्यापार र अन्तराष्ट्रिय सम्वन्धहरुमा आउने उतार-चढावको समेत वास्ता नगरेको ट्रम्प प्रशासन ‘अमेरिका पहिले’ नीतिमा निकै अडिग रहेको देखिन्छ। 

पछिल्लो अमेरिकी कदम राष्ट्रपति ट्रम्पको ‘अमेरिका पहिले’ नीतिको निरन्तरता कै रुपमा आएको हो।  “हामी हाम्रो पानीजहाज, हवाईजहाज तथा मिलिटरी इक्विपमण्ट अमेरिकी स्टिल र एलुमिनमबाटै बनाउन चाहन्छौं।” गत मार्चमा आयातित स्टील र एलुमिनममा कर लगाउने घोषणा गर्दा राष्ट्रपति ट्रम्पले भनेका थिए।  उनले जोड दिएर भनेका थिए “हामी हाम्रा बन्द भएका उद्योगहरुलाई पून संचालन गर्न चाहन्छौं भने बाहिरिएका उद्योगहरुलाई फेरि अमेरिकामा फिर्ता ल्याउन चाहन्छौं।”

“अमेरिकी उत्पादन किन्न प्रोत्साहन गर्ने र अमेरिकी जनताको हित हेर्ने मेरो सबभन्दा महत्वपूर्ण काम हो, जुन म गरिरहेछु।” यो कर नीति अमेरिकाको लागि सहज होइन तर अमेरिकी हितका लागि यो जरुरी भएको बताउने ट्रम्प प्रशासनको पछिल्लो कदमको भने सीमा जोडिएका मित्रराष्ट्रहरु क्यानडा र मेक्सिकोले समेत निकै आलोचना गरेका छन्। 

तस्वीर: रोयटर्स

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result