अमेरिका, लस एन्जलस, ३१ मे / श्रीपशुपतिनाथ फाउनडेशन कोभिड-१९ राहात समितिले हिजो शनिवार आर्टेसिया शहरमा निशुल्क पीपीई वितरण गरेको छ। साउदर्न क्यालिफोर्निया लगायत अमेरिकाको अन्य भागमा समेत कोरोना भाइरस (COVID19) बाट पिडितहरुलाइ राहत सहयोग पुर्याउदै आएको संस्थाले हिजो ड्राइभ थ्रु पीपीई वितरण गरेको थियो । सो कार्यक्रममा आर्टेसिया शहरका मेयर अलि साजद ताज लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो।
पीपीईको रुपमा १० थान मास्क र सेनिटाइजर वितरण गरिएको थियो । हिजो २ सय २५ जनालाई पीपीई वितरण गरिएको सचिव बिमल श्रेष्ठले जानकारी दिए।
संस्थाले सहयोग कार्यलाई प्रभावकारी बनाउन ५६२-३४५-५०५० को हटलाइन नम्बर समेत संचालन गरिरहेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-