काठमाडौं । गर्मी अत्यधिक बढिरहेको बेला शनिबार काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम प्रणाली ‘मनसुन’ नेपाल भित्रिन लागेकोले वर्षा भएको हो । उपत्यकाभन्दा बाहिर पनि वर्षा भइरहेको छ ।
विभागले मनसुन भारतको सिक्किममा आइपुगेको र केही दिनभित्र पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गर्ने जनाएको छ । वर्षाले गर्मी केही कमी भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-