काठमाडौं । मधेस प्रदेश प्रदेश सभाको नवौं अधिवेशन आज बिहीबारदेखि सुरु हुँदैछ। आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेश सभाको नवौं अधिवेशन सुरु हुन लागेको हो।
बिहीबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ। बैठकमा नवौं अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र सभामुखले बाचन गरी सुनाउने र विभिन्न पार्टीका संसदीय दलका नेताले मनतव्य राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।
यस्तै, केही दिनअघि निधन भएका प्रदेश सभा सदस्य डिम्पलकुमारी झाको शोकप्रस्ताव बिहीबारको बैठकमा पेश गरिने कार्यसूची रहेको छ।
यही अधिवेशनअन्तर्गत मधेस प्रदेश सरकारले यही जेठ २२ गते आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुने प्रदेश सभा सदस्यलाई जानकारी गराउने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्:-