काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले १० प्रतिशत शय्या निःशुल्क उपचारका लागि छुट्याउन अस्पताललाई निर्देशन दिएका छन् ।
मन्त्री बस्नेतले शुक्रबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै यस्तो बताएका हुन्। अस्पताल सञ्चालनको स्वीकृति लिँदा १० प्रतिशत विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने प्रावधान राखिएको भए पनि सो प्रावधान पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनले बताए।
अनुगमनका क्रममा अस्पतालहरूसँग एक आर्थिक वर्षमा विपन्न नागरिकलाई निःशुल्क उपचार गरेको विवरण पनि उनले माग गरे। मन्त्री बस्नेतले अस्पताल सञ्चालनको स्वीकृति लिँदाको सम्झौताअनुरूप १० प्रतिशत निःशुल्क उपचार गर्न निर्देशन दिए।
प्रतिक्रिया लेख्नुहोस्:-