काठमाडौं । नेपाली सेनाको उपरथी पदमा बढुवा भएका तीन जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। २०७९ जेठ २३ गतेको मन्त्रिपरिषद्ले सहायक रथीबाट उपरथीमा बढुवा भएका दीपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
जंगी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह पाएका बानियाँ नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, दवाडी निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र ढकाल युद्ध(मद्दती तथा युद्ध(सेवा मद्दती विभागको विभागीय प्रमुखमा नियुक्त भएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-